ई - पेपर

राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा शान्ता वि.क

राष्ट्रिय उद्यम विकास सहजकर्तामहासंघको दोश्रो महाअधिवेशन सम्पन्न भएको छ । “आर्थिक तथा सामाजिक रुपानतरणका लागि उद्यमशीलता विकासको आवशयकता “भन्ने मुलका साथ उद्यम विकासको क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरु र देश भरीका उद्यम विकास सहजर्ताहरुको उपस्थितिमा चैत्र २४ गते काठमाडौंको तारकेश्वर नगरपालिका  स्थित कान्तिपुर पाटी प्यालेसमा कार्यक्रममा भएको थियो 

कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रि दामोदर भण्डारीको, सोही मन्त्रालयका उपसिचव र राष्ट्रिय सभा सदस्य अमन मास्केको उपस्थित थियो 

 कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्रि भण्डारीले, उद्यम विकास सहजकर्ताहरुको हक हितका लागि मन्त्रालय सदैव सकरात्मक रहेको बताउनुभयो । देशमा औधोगीकरणको नयाँ अध्याय सुरु हुने कुरामा पूर्ण विश्वास गर्दै देश विकास र लघु उद्यमी सिर्जना गरी उत्पादन र रोजगारी सिर्जनाका लागि उद्यम विकास सहजकर्ता दक्ष प्राविधिक रहेको र यस जनशत्तिको संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो ।

 उद्योग विकास र प्रवर्द्धनका लागि नेपाल सरकार सकरात्मक रहेको र आगागी दिनमा उद्योग मन्त्रालयबाट उद्योग कार्यदिशा बनाइ बजेटको दायरा बढाई निरन्तरता दिने जानकारी दिनुभयो । चालु आ व मा आर्थिक मन्दीका कारण मेड्पा कार्यक्रमका लागि बजेट कम छट्याइएको र अव त्यस्तो नहुने कुरा जानकारी गराउनुभयो ।

देशका युवा दिनानुदिन वैदेशिक रोजगारीका लागि विदेश पलायन भैरहेको अवस्थामा हजारौँ युवाहरुलाइ स्वदेशमै स्वरोजगार बनाइ आय आर्जन गराएकोले मेड्पा कार्यक्रम देश विकास गर्न एक मेरुदण्डको रुपमा रहेको र यसलाई नेपाल सरकारले प्राथामिकतामा राखेको बताउनुभयो ।

अधिवेशनमा ७५३ वटै स्थानीय तहमा कार्यरत उद्यम विकास सहजकर्ता  ( E.D.F.)  उपस्थितीले शान्ता वि. लाई अध्यक्ष बनाई १५ सदस्यको समितिको गठन भएको छ । पहिलो महाधिवेशनको अध्यक्ष देवकी घिमिरे हुनुहुन्थ्यो

नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको आर्थिक तथा प्राविधिक सहयोगमा संघीय सशर्त अनुदानमा देशको गरिबी निवारणका लागि साना उद्योग सञ्चालन गर्न सहयोग र  प्रोत्साहन गरिने  लघु उद्यम विकास कार्यक्रम (मेड्पा) देशका ७५३ वटै स्थानीय तहमा  आ व २०७७।०७८ देखि हाल सम्म सञ्चालनमा रहेको छ ।

  कार्यक्रम कार्यान्वयनमा उद्यम विकास सहजकर्ताको महत्वपूर्ण भूमिका रहेको यस कार्यक्रमले देशमा गरिवीको रेखा मुनी रहेका बेरोजगार युवा, दलित, लोपोन्मुख, जनजाती, सीमान्तकृत, एकल महिला तथा अल्पसङ्ख्यक समुदायका लागि प्रभावकारी रुपमा रोजगारी सिर्जना भएको, मेड्पा कार्यक्रमले विगतमा कोभिड-१९ को महामारीका कारण रोजगार गुमाएका, विदेशबाट सीप सिकेर फर्केका तथा स्वदेशमा रोजगार गुमाएका केहि गर्न चाहने युवाहरूको समस्यालाइ पहिचान गरि हालको वर्तमान अर्थतन्त्र धारासायी भएको अवस्थामा स्थानीय स्तरमा लघु उदयमी सिर्जना र विकास गरी रोजगार प्रदान गर्दै आइरहेको यस कार्यक्रमले जीविकोपार्जनमा महत्वपूर्ण योगदान पुगेको छ ।

यस कार्यक्रमले उद्यमशीलताको माध्यमबाट लक्षित वर्गलाई लघु उद्यम मार्फत रोजगार सिर्जना गरी सम्मुनत समाज र समन्यायीक समाजवादोन्मुख कार्यका लागि सहजीकरणका साथै आर्थिक रुपले समृद्ध मुलुक निर्माणमा सहजता ल्याएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button