गुटको लक्ष्मण रेखा तोडेर क्रान्तिकारी पार्टीको निर्माण गरौं
नयाँ इतिहास निर्माणको विशिष्ट चरणमा अगाडि बढिरहेको गौरवशाली पार्टी नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)को यतिवेला ऐतिहासीक कार्यभार रहेको कुरालाई हामी सवैले गम्भीर ढंगले मनन् गर्न जरुरि छ । सिङ्गो पार्टी रुपान्तरणका हिसाबले यो चरण दुरगामी महत्व रहेको छ । सुनकोशी गढतिरको देउरालीटार र कमलाखोजको शिर मानिने रानीचुरी डाँडाबाट साम्यवादको स्वर्णीम कल्पना गर्दै तत्कालिन कम्युनिष्ट आन्दोलनका अग्रजहरु क.एसपी राई, बासुदेव श्रेष्ठले उचाल्नु भएको हसीया हथौडा अंकित रक्तिम मmण्डा बोक्ने यात्रा ऋषिराज देवकोटा, दुर्गा सुवेदी, दलबहादुर रजनमगर हुँदै १० वर्षे महान जनयुद्धमा हाम्रो जिल्लाका झण्डै १७५ भन्दा बढी योद्धाहरुको बलिदानको जगबाट यहाँ सम्म आईपुगेको हाम्रो आन्दोलन मुलत बलिदानको जगबाट यहाँ सम्म आईपुगेको हो । यो रगतले रंगिएको हाम्रो आन्दोलनको इतिहासलाई हामीले अवमुल्यन गर्न मिल्दैन । यो रक्तिम इतिहासको जगमा खडा भएको हाम्रो यात्रा कुनै प्रवृति र गुटहरुलाई मलजल गर्नका लागी होइन सर्वाहारा वर्गको नेतृत्व गर्ने महान गुरु लेनिनद्धारा प्रतिपादित जनवादी केन्द्रीयतामा आधारित सक्षम पार्टी निर्माणमा केन्द्रित हुनुपर्ने आवश्यकताको बोध सवैले गर्न जरुरि छ । जनवादी केन्द्रीयताको कुरा गरिरहदा सवै प्रवृतिहरुको रुपान्तरण सहितको केन्द्रीकरण नै आजको नयाँ पार्टी निर्माणको आधार हो । जनवादको कुरा गरिरहदा केन्द्रीयताको कुरा विर्सने अराजकतावाद र केन्द्रीयताको कुरा गरिरहदा जनवादलाई विर्सने नोकरशाही प्रवृति दुवै नयाँ पार्टी निर्माणका चुनौति हुन ।
सबै कम्यूनिष्ट कार्यकर्ताहरुको चाहाना सवै प्रवृतिहरुको रुपान्तरण सहित सर्वाहारा वर्गको पार्टी निर्माण नै हो । त्यसकारण नेतृत्वले यो कुरालाई गम्भीर ढंगले मनन् गर्नुपर्दछ । पार्टीका प्रशिक्षण र भाषणहरुमा गुटबादको विरोध गर्दै पर्दा भित्र र बाहिरका दृश्य र अदृश्य गतिविधीहरुमा गुटको लक्ष्मण रेखा तोड्न नसक्नु आज हाम्रो आन्दोलनको मुल समस्या हो ।
शहीदको रगत, शहीद परिवारको त्याग तपश्या र बलिदान गुटहरुलाई माथी उक्लने खुड्किलो जस्तै भएको छ । क ऋषिराज देवकोटा आजादले पञ्चायत विरोधी आन्दोलनको क्रममा आफ्ना हातहरुमा दुश्मनका खिल काटी रोपिदा यस्तै पार्टीको कल्पना गर्नु भएको थियो होला ? ति महान शहीदहरु जस्ले आफ्नो महत्वपूर्ण जिवन समाज परिवर्तनको आन्दोलनको बलिवेदिमा होमे के उनिहरुले निजत्वको आर्दशबाट पैदा हुने गुटको कल्पना गरेका थिए होलान ? पक्कै थिएन । तर आज हामी के ति शहीदका सपना पुरा गर्न प्रतिबद्ध छौ त ? मलाई लाग्छ हाम्रो व्यवाहारले त्यो पुष्टि गर्न सक्दैन । हामी जतिवेला जनयुद्धको महान प्रक्रियामा थियौ त्यतिवेला हामि सवैमा कुनै पद, प्रतिष्ठा लोभ लालच केहि पनि थिएन । तर आज किन पद र पदको भागवण्डाको लागी वर्गवैरिहरुलाई तमासा देखाई रहेका छौं ? निक्कै गम्भीर प्रश्न हाम्रो अगाडि तेर्सिएको छ । के यहि तरिकाले हामीले हाम्रो महान आर्दशलाई बचाई राख्न सक्छौ ? पक्का पनि सक्दैनौं । यस विषयमा गम्भीर समिक्षा गर्न जरुरि छ ।
समिक्षाको विषय
कम्युनिष्ट पार्टी भित्र आलोचना र आत्मालोचना रुपान्तरणको प्रमुख आधार हो । विगतका कमजोरीबाट पाठ सिक्दै आगामी दिनमा पुन कमजोरी नगर्ने प्रतिबद्धता गर्नु नै भौतिकवादीहरुको यर्थातता साथै अहिलेको महत्वपूर्ण कार्यभार हो । पार्टीका नेता तथा कार्यकर्ताहरुको पंक्ति किन निश्क्रिय हुन पुगे भन्ने कुराको गम्भीर आत्मसमिक्षा गर्न जरुरि छ । आश्चर्यको बिषय हामीले कम्युनिष्ट पार्टीको नाममा कस्तो पार्टीको निर्माण गर्न खोज्यौ ? आ–आफ्नो स्वार्थ अनुकुल प्रयोग गर्न सकिने गुटहरु त मौलाए तर पार्टी कहिल्यै मौलाउन सकेन । विधि र प्रक्रियामा अर्थात जनवादी केन्द्रीयतामा आधारीत रहेर संगठन र पार्टी कहिल्यै सञ्चालन हुन सकेन । यी विषयहरुलाई आगामी दिनमा गम्भीर ढंगले मनन् गरिनु पर्दछ ।
पार्टी आर्थीक हिसाबले कसरी चलिरहेको छ भन्ने कुरा सधै अज्ञात राख्ने चलन छ । अज्ञात तरिकाले सञ्चालन गरिने आर्थीक गतिविधीले हाम्रो पार्टीलाई भ्रष्ट गराईरहेको छ । यो कुरालाई गम्भीर ढंगले आत्मसात गर्नु जरुरि छ । कम्युनिष्ट पार्टीका हरेक सदस्यको जिवन पारदर्शी हुनुपर्छ भन्ने मान्यताको वकालत गर्ने हामी पार्टीलाई पारदर्शी बनाउने कुरामा किन यति पछाडि छौं ? यो विषय निक्कै गम्भीर छ ।
सिन्धुली जिल्लामा नयाँ पार्टी निर्माणका आधारहरु
१). विभिन्न् बैठक तथा भेलामा शषलेषण गरिएको जिल्लामा विद्यमान दुई प्रवृति(नोकरशाही प्रवृति र अराजकतावादी प्रवृति) को रुपान्तरण सिन्धुली जिल्लाको पार्टी निर्माणको पहिलो आधार हो । यतिवेला न नोकरशाही प्रवृत्तिलाई पक्षपोषण गरेर पार्टी बन्छ न अराजकतावादी प्रवृत्तिलाई पक्षपोषण गरेर नयाँ पार्टी बन्छ । दुवै प्रवृत्ति रुपान्तरण भएर नयाँ विन्दुमा पुगेपछि मात्र नयाँ पार्टीको निर्माण संभव छ । त्यसैले दुवै प्रवृत्तिले आजैका मितिबाट रुपान्तरणको प्रतिबद्धता गरौं र व्यवाहारीक रुपमा सुरुवात गरौं । पार्टीलाई कसैको सनकको भरमा होइन लेनिनवादी संगठनात्मक विधि अनुसार सञ्चालन गरौं ।
२). अहिले सम्म हाम्रो पार्टीमा रहेको कमजोरी भनेको सामुहिकताको अभाव हो । हामी त्यस्तो पार्टीको निर्माण गरौ जो सामुहिकतामा चल्न तयार होस । कम्युनको कल्पना गर्ने कम्युनिष्ट पार्टीेका नेताको जिवनशैली कम्युन तर्फ नै अग्रसर भएको हुनुपर्दछ अनिमात्र कार्यकर्ता र जनताले नेता प्रति विश्वास गर्न सक्दछन ।
३). आफ्नो व्यक्तिगत स्वार्थ र गुटगत स्वार्थ भन्दा माथि उठेर आफ्नो वर्ग र पार्टीको रक्षाको लागी क्रियाशिल हुने लाल पार्टीको निर्माण अहिलेको मुख्य आवश्यकता हो । त्यसैले यो कुरालाई गम्भीरताका साथ ग्रहण सबैपक्षले गर्न जरुरी छ ।
४).अराजकतावादी र व्यक्तिवादी शैलिले पार्टीलाई निक्कै विगारेको छ । पार्टी कमिटीहरु पार्टी कमीटीहरु जस्तो बन्न सकिरहेको छैन । त्यसकारण यो कुराको पूर्ण अन्त्य गर्दै कमीटी प्रणालीमा पार्टीलाई सञ्चालन गर्ने कुरामा गम्भीर ध्यान दिन जरुरि छ ।
५).आफैलाई आफैले योग्य घोषणा गरेर जिम्मेवारी र पदको लागी वार्गेनिङ्ग गर्ने सस्कार हामी भित्र मौलाउँदै गएको छ त्यसैले कस्तो पार्टी बन्दै छ भन्ने कुरा निक्कै गम्भीर विषय बन्दै गईरहेको छ । यो संस्कारको अन्त्य गर्नु जरुरि भएको छ ।
६).आर्थीक हिसाबले पारदर्शी पार्टीको निर्माणका लागी पुराना हिसाब किताबहरुको सार्वजनिक र नयाँ हिसाब किताबहरुलाई व्यवस्थित गर्न जरुरि रहेको छ ।
७).हामी कम्युनिष्ट पार्टीका नेताहरु जनताको सेवक बन्नु पर्ने हो तर हामीलाई जनताले शाषकको रुपमा बुझिरहेका छन । माक्र्सले आफ्नो लगाएको कोट समेत बेचेर जेलमा रहेका कार्यकर्तालाई सहयोग गरेको कुरा भाषणमा गर्ने हामी कम्युनिष्ट नेताहरुको जीवनशैली निक्कै महंगो, तडकभड्कपूर्ण र मालिकको जस्तो भएको छ । त्यसले गर्दा जनताले पार्टीलाई विश्वास गरिरहेका छैनन् की यो हाम्रो वर्गको पार्टी हो भनेर । त्यसैले जीवनशैलीमा सुधार आजको अपरिहार्य आवश्यकता हो ।
८).हामी माक्र्सवादको व्याख्या गर्दछौ तर व्यवाहार संशोधनवादीहरुको भन्दा तल्लो स्तरको छ । वैठक र सभा सम्मेलनहरुमा एकजुट हुने कुरा गर्छौ बाहिर निस्के पछि गुटबन्दीको सुरुवात गछौं । खुल्ला र स्पष्ट हुनु पर्ने कुरालाई विर्सेर एउँटै पार्टी भित्र छलछाम र षड्न्त्रका तानाबाना बुन्ने कुरामा व्यस्त रहन्छौ । त्यसैले यो कुरालाई गम्भीर ढंगले लिएर क.माओको तिन गर र तिन नगरको शिद्धान्तलाई दरो सँग पक्रन जरुरि छ ।
९).पार्टीका हरेक कमिटीलाई उत्पादनमा जोड्ने र आत्मनिर्भर पार्टी कमिटीहरुको निर्माण गर्ने कुरामा विशेष जोड दिन जरुरि भएको छ । कम्युनिष्ट पार्टीका सदस्यहरुले व्यक्तिगत रुपमा उत्पादनमा जोडिने भन्दा पनि सामुहिक रुपमा उत्पादनमा जोडिने कुरालाई प्राथामिकता दिदै कम्युनको प्रारम्भीक सन्देश जनतामा दिन जरुरि छ ।
१०).पार्टीको प्रकाशनलाई व्यवस्थित गरी पार्टीका विचार र गतिविधीहरुलाई कार्यकर्ता र जनताको वीचमा पु¥याउने कुरालाई गम्भीरताका साथ लिएर अगाडि बढ्न जरुरि छ ।
११). जिल्ला कमीटिका सदस्यहरु, गाउँ पार्टी कमीटीका पदाधीकारीहरु विकास निर्माण सम्बन्धी उपभोक्ता समितिमा बस्न नपाईने नियम बनाएर कडाईका साथ कार्यान्वयन गर्न जरुरि छ ।
१२).जिल्ला स्तरमा अधिकार सम्पनन् अनुशासन आयोग बनाएर पार्टीका जिल्लाका जुन कुनै स्तरका नेता तथा कार्यकर्ताहरुले पार्टी निति विपरीत काम गरेमा स्पष्टीकरण माग गर्ने र दण्ड सजाय दिने र अनुशासीत र लगनशिल कार्यकर्ताहरुको मुल्याङकन गरी पुरस्कृत र सम्मान गर्ने कामको सुरुवात गर्नु पर्दछ । यस्ले गर्दा पार्टी नेता तथा कार्यकर्ताहरुलाई अनुशासीत बनाउन सहयोग पुग्दछ । ( bijayakilla बाट)