गाउँघरका आवाज

दुधौलीमा आमाको हत्या: छोरा नियन्त्रणमा

सिन्धुली, भदौ १५ ।
सिन्धुली दुधौली नगरपालिका–१४ भौडीमा आमाको हत्या भएको छ। घरायसी विवादका क्रममा ४० वर्षीय तुला राज सुनुवारले आफ्नी आमा ६५ वर्षीया फाल कुमारी सुनुवारलाई फलामको खन्तीले प्रहार गरी हत्या गरेका हुन्।

घटना आज बिहान करिब ११:३० बजे भएको प्रहरीले जनाएको छ। प्रहारबाट गम्भीर घाइते भएकी आमाको घटनास्थलमै मृत्यु भएको थियो।

घटनापछि भाग्ने क्रममा रहेका तुला राज सुनुवारलाई स्थानीयवासी र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको दुधौली प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रारम्भिक अनुसन्धानका लागि प्रहरी चौकी दुधौलीको टोली पुगेको थियो भने थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय डकाहाबाट प्रहरी निरीक्षक सिमोन धितालको कमाण्डमा टोली खटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

यससम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button