जेन–जी आन्दोलनले बन्द भएका विद्यालय बल्ल खुल्न थालेः

काठमाडौं, भदौ ३० —
भदौ २२ गतेदेखि सुरु भएको जेन–जी आन्दोलनका कारण मुलुकभर बन्द रहेका विद्यालयहरू आज आइतवारदेखि क्रमशः सञ्चालनमा आउन थालेका छन्। आन्दोलनको क्रममा राजधानीसहित विभिन्न सहर र गाऊँमा परेको असहज अवस्थाका कारण शैक्षिक गतिविधि अवरुद्ध भएका थिए।
प्रधानमन्त्री खड्क प्रसाद ओली नेतृत्वको सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि अभिव्यक्ति, स्वतन्त्रता र सूचना पहुँचको पक्षमा उठेको जेन–जी आन्दोलनले देशव्यापी प्रभाव पारेको थियो। शान्तिपूर्ण रूपमा सुरु भएको आन्दोलन केही ठाउँमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडपसम्म पुगेपछि विद्यालय, कलेज र शैक्षिक संस्था सुरक्षाका कारण बन्द गर्नुपरेको थियो।
अवस्था सामान्यतर्फ फर्किँदै गएपछि आइतावार देखि विद्यालयमा पठन पाठन सुचारु हुन थालेको छ । र विद्यार्थीलाई ढुक्क भई नियमित पढाइमा फर्किन धमाधम सुचाना गर्न थालिएको छ।
सिन्धुली, कास्की, चितवन, दाङ, विराटनगर, पोखरा र काठमाडौं उपत्यकाका विद्यालयहरूले आ–आफ्नो समयतालिका अनुसार पढाइ सञ्चालन गर्ने जनाएका छन्। शिक्षक संगठनहरूले पनि विद्यार्थीहरूको सिकाइ नरोकिने गरी छुट्टिएका कक्षाहरूको समायोजन गर्ने तयारी भएको बताएका छन्।
प्रमुख जिल्ला अधिकारीहरूले सुरक्षाको अवस्था नियन्त्रणमा आएको भन्दै शान्त वातावरणमा शैक्षिक गतिविधि सञ्चालनमा कुनै समस्या नहुने स्पष्ट पारेका छन्।
जेन–जी आन्दोलनले छोटो समयमै देशभर तरंग ल्याए पनि अहिले अवस्था सामान्य हुँदै गएको छ । विद्यालय खुलेसँगै विद्यार्थी र अभिभावकहरूलाई राहत अनुभव भएको छ।