गाउँघरका आवाज

भिमानमा लागूऔषधसहित दुई युवक पक्राउ

सिन्धुली, कात्तिक २१ – सिन्धुली जिल्लाको भिमान बीपी राजमार्गमा प्रहरीले लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ। बिहीबार बिहान करिब १२ बजेतिर इलाका प्रहरी कार्यालय भिमानको प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोली र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासको संयुक्त टोलीसँग नियमित सवारी चेकजाँच गर्ने क्रममा उक्त पक्राउ गरिएको हो।

लागूऔषध

विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ७२६ नम्बरको हायस गाडीलाई चेकजाँच गर्ने क्रममा गाडीमा सवार गरेका काठमाडौँ महानगरपालिका–१६ का करिब ३० वर्षीय असिम थापा र सोही ठाउँका २७ वर्षीय सबिन मगरलाई शंकाको आधारमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्राथमिक अनुसन्धानका क्रममा उनीहरूबाट लुकाइछिपाई ल्याइएको खैरो हिरोइन जस्तो देखिने गिलो पदार्थ फेला परेको हो। बरामद गरिएको पदार्थको तौल १५.८३० ग्राम रहेको प्रहरीले पुष्टि गरेको छ।

इलाका प्रहरी कार्यालय भिमानका अनुसार पक्राउ परेका दुवै जनालाई लागूऔषध सम्बन्धी ऐनअन्तर्गत थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ। बरामद गरिएको लागूऔषधको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिन्धुली प्रहरीले हालैका दिनहरूमा बीपी राजमार्ग हुँदै हुने अवैध लागूऔषध तस्करी नियन्त्रणमा कडाइ गर्दै आएको छ। प्रहरीले भिमान क्षेत्रलाई संवेदनशील मान्दै नियमित संयुक्त चेकजाँच अभियान सञ्चालन गरिरहेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button