गाउँघरका आवाज

पानीमा डुबेर नौ महिने बालकको मृत्यु 

सिन्धुली, फागुन ६-

मरिण गाउँपालिकाको वाड नं.२ स्थित शिखर तिनघर गाऊँमा एक बालकको पानीमा डुबेर मृत्यु भएको छ ।

मरिण गाउँपालिकाको तिनघरे गाऊँका अक्कल बहादुर वाईबाका करिब ९/१० महिनाका छोरा सुक्के वाईबाको अकालमै ज्यान गएको हो ।अक्कल बहादुरको घरमा कपडा धुनको लागी बाल्टीमा बाल्टीमा राखेको पानीमा    डुबेर बालकको मृत्यु भएको हो।

आज बिहान करिब ८:०० बजेको समयमा घरमै बाल्टिनमा डुबेर शिशु अचेत अवस्थामा फेला परेका थिए। बालकलाई घर परिवारले तत्कालै उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा पुर्‍याएका थिए।

स्वास्थ्य केन्द्रमा उपचारका क्रममा बिहान करिब ११:०० बजे चिकित्सकले शिशुलाई मृत घोषणा गरका हुन् ।

घटना स्थालमा इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरीक्षक अशोक कुमार यादवको नेतृत्वमा प्रहरीटोली पुगेको थियो ।

कमलामाई सिटी हल

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button