विचार तथा विश्लेषण

संघीय गणतन्त्रको यात्रामा फागुन २१ गते‚

नेपालको राजनीतिक परिवर्तन कुनै आकस्मिक घटना थिएन। यो परिवर्तन लामो संघर्ष, त्याग र बलिदानको परिणाम हो। भूमिगत जीवन बिताउँदै, जनताको घरघरमा पुगेर चेतना जगाउँदै, शोषण र अन्यायविरुद्ध आवाज उठाउँदै आएको आन्दोलनले नै आजको संघीय लोकतान्त्रिक गणतन्त्र सम्भव बनाएको हो।

सदियौँदेखि चल्दै आएको निरंकुश राजतन्त्रले जनतालाई सधैं रैतीको रूपमा राख्यो। राजाको मृत्यु भएपछि योग्यता, क्षमता वा जनमत नहेरी राजकै सन्तानलाई नै राजा बनाइने परम्पराले जनतालाई अधिकारविहीन बनाइराख्यो। यही सामन्ती संरचनाको अन्त्य गर्दै जनताका छोराछोरी राष्ट्रपतिको हुने र दलित ‚ महिला ‚ जनाजातीलाई राज्यको अंगमा अनिवार्य सहभागी हुने  व्यवस्था स्थापना गर्नु ऐतिहासिक उपलब्धि हो। गणतन्त्रको स्थापना केवल शासन परिवर्तन मात्र होइन, जनताको आत्मसम्मान र अधिकारको पुनःस्थापना पनि हो।

यस परिवर्तनको मूल शक्ति तत्कालीन नेकपा (माओवादी) — हालको नेपाली कम्युनिष्ट पार्टी — नै हो। यस आन्दोलनले सुकुम्बासीका कुरा जग्गा वितरणको प्रक्रिया अघि बढायो। हलिया, कमैया, गोठाला जस्ता श्रमशोषणका प्रथाहरूको अन्त्य गरियो। छाउपडी जस्ता अमानवीय प्रथाविरुद्ध कानुनी र सामाजिक संघर्ष गरियो।

संविधानमार्फत दलित, महिला, जनजाति र अवसरबाट वञ्चित समुदायका अधिकार सुनिश्चित गरियो। जातीय छुवाछुतको अन्त्यका लागि कानुनी व्यवस्था गरियो। दलित समुदायका बालबालिका तथा सबै जातिका छोरीहरूलाई विद्यालयमा अनिवार्य शिक्षाको व्यवस्था, छात्रवृत्ति, खाजा कार्यक्रम र शुल्क छुटजस्ता नीतिहरू लागू गरिए।

महिलालाई घरको चुलोचौको र पुरुषको दासीको रूपमा सीमित राख्ने सोचविरुद्ध आन्दोलन चलाइयो।श्रीमानले छोड्ने र माइतीले लगेर पाल्न वाध्य हुने चलन हटाएर सम्बन्ध विच्छेदको अवस्थामा महिलाले सम्पत्ति र अंश पाउने कानुनी अधिकार सुनिश्चित गरियो। महिला, बालबालिका तथा अपाङ्गता भएका व्यक्तिमाथि हुने हिंसाविरुद्ध कडा नीतिहरू निर्माण गरिए।

राउटे, हायु लगायतका सीमान्तकृत जातजातिलाई राज्यको मूलधारमा ल्याउन भत्ता तथा संरक्षण कार्यक्रम सञ्चालन गरियो। विकासको पहुँच देशका सबै भूभागमा पुर्‍याउन संघीय संरचना लागू गरियो।

यी सबै उपलब्धि कुनै किताबमा पढेर मात्र थाहा पाएको कुरा होइन, यो हामीले आफ्नै आँखाले देखेको र महसुस गरेको यथार्थ हो। यो सजिलै प्राप्त भएको परिवर्तन होइन; यो हजारौँ शहीदको बलिदान, लाखौँ जनताको संघर्ष र निरन्तर राजनीतिक प्रतिबद्धताको परिणाम हो।

आज पनि गणतन्त्र, धर्मनिरपेक्षता, महिला, दलित र जनजातिका अधिकारप्रति असन्तुष्ट शक्तिहरू यस व्यवस्थालाई कमजोर पार्न खोजिरहेका छन्। देशको भविष्य सुरक्षित गर्न, प्राप्त अधिकारको रक्षा गर्न र सामाजिक न्यायको यात्रालाई निरन्तरता दिन सचेत नागरिकको भूमिका महत्वपूर्ण हुन्छ। संविधान सभाको निर्वाचनमा तपाई हाम्रो मतदानले प्रतिगामी शक्तीलाई पराष्त र अग्रगामी प्रगतिशिल र क्रान्तिकारी शक्तीलाई विजय गराइयो भने मात्र यी उपलब्धीको रक्षा र क्रान्तिको बाँकी अंश पुरा हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button