नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सव कार्यक्रममा रक्तदान:

सिन्धुली – नेपाल विद्युत प्राधिकरणको ४० औँ वार्षिकोत्सवको अवसरमा सिन्धुली वितरण केन्द्रले आज २०८२ भदौ १ गते बिहान ८:३० बजे रक्तदान तथा विविध खेलकुद कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा कमला माई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोख्रेल, वडा नं. ५ का वडा अध्यक्ष पुर्ण बहादुर खड्का, स्थानीय कर्मचारी, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिती रहेको थियो।
कार्यक्रम अन्तर्गत रक्तदानमा उल्लेख्य संख्यामा सहभागीहरूले मानव जीवन बचाउन योगदान पु¥याए। यसका साथै विविध खेलकुद गतिविधिहरू पनि आयोजना गरिएका थिए। खेलकुद अन्तर्गत स्लो बाइक रेस, म्युजिकल चेयर, बोरास दौड (झोला दौड) र हाडिफोर प्रतियोगिता सम्पन्न भएको थियो।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरण सिन्धुली शाखाका प्रमुख ई. शिशिर लम्सालले भने, “नियमित रक्तदानले मानव जीवन जोगाउन ठूलो योगदान पुर्याउँछ। कर्मचारीबीचको आपसी सहयोग, एकता र सन्देश प्रवाह गर्न खेलकुद कार्यक्रम उपयोगी हुन्छ।”
नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाले कार्यक्रममा प्राविधिक सहयोग प्रदान गरेको थियो। कार्यक्रममा सहभागीहरूले रक्तदान र खेलकुदमा सक्रिय सहभागिता जनाउँदै मानव सेवा र एकता सुदृढ गर्ने संदेश दिएको बताएका छन्।
कार्यक्रमले न केवल स्वास्थ्य र सामाजिक उत्तरदायित्वको महत्व उजागर गर्यो, तर स्थानीयस्तरमा सहकार्य र सहभागिताको भाव पनि प्रकट गर्यो।