गाउँघरका आवाज

लगातार वर्षा र पहिरोका कारण चाडपर्वमा घर फर्कन समस्या

सिन्धुली, असोज ९ – लगातार परिरहेको वर्षाका कारण विभिन्न स्थानमा पहिरो खस्दा आवागमन अवरुद्ध भएपछि चाडपर्वमा घर फर्कन यात्रुहरू समस्यामा परेका छन्।

सिन्धुली, दोलखा, रामेछापलगायत पहाडी जिल्लामा मुख्य राजमार्ग तथा ग्रामीण सडकहरूमा धेरै ठाउँमा पहिरो खसेपछि सवारी सञ्चालनमा कठिनाइ भएको यातायात व्यवसायीहरूले जनाएका छन्। विशेषगरी सिन्धुली–खुर्कोट–काठमाडौ‌ँ राजमार्ग र बर्दिवास हुँदै जाने पूर्व–पश्चिम सडकखण्डका कतिपय भागमा पहिरो खस्नुका साथै सडकमा खाल्टा–खुल्टी बढेकाले पनि दुर्घटनाको जोखिम बढेको छ।

चाडपर्वको समयमा घर फर्कन चाहने यात्रुहरूको चाप बाक्लिँदै गर्दा बाटोको खराब अवस्थाका कारण यात्रुहरू बीचमा अत्यधिक असहजता देखिएको छ।

स्थानीय प्रशासनले पहिरो पन्छाउन डोजर र प्रहरी टोली परिचालन गरेको भए पनि लगातारको वर्षाको कारण पहिरो खस्नाले बाटो यात्रा गर्न निकै जोखीम छ। सडक विभागका यता, यातायात व्यवसायीले यात्रुहरूको चाप चाडबाडमा अत्यधिक हुने भएकाले सुरक्षित यात्राका लागि वैकल्पिक मार्ग प्रयोग गर्न, तीब्रगतिमा नचलाउन र खाल्टा–खुल्टी भएका सडकमा विशेष सावधानी अपनाउन  सवैलाई आग्रह गरेका छन्।

Related Articles

Leave a Reply

Back to top button