गाउँघरका आवाज
सिन्धुली गोलन्जोरमा पौडी खेल्ने क्रममा १४ वर्षीय बालकको डुबेर मृत्यु

सिन्धुली, भदौ २१ –
गोलञ्जोर, ६ बलेनिका पवन मग्रातीका छोरा प्रख्यात मग्राती भदौ २० गते दिउँसो करिब ३:४० बजे साथीहरूसँग नदीमा पौडी खेल्दै थिए। खेलको क्रममा उनी अचानक डुबेर बेपत्ता भएका थिए। घटनास्थलमा तत्काल स्थानीयवासी र प्रहरीको खोजी प्रयास भए पनि बालक भेटिएन ।
अर्को दिन, भदौ २१ गते बिहान करिब ९:४५ बजे घटना स्थलबाट करिब ३० मिटर पूर्वतर्फ सुनकोशी नदीमा बालकको शव फेला परेको छ । शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ।