ई - पेपर

मरिण वन डिभिजन कार्यालयको अनुरोधः

गर्मी याम तथा खासगरी खडेरीको समयमा वनमा आगलागीका घटनाहरू धेरै हुने गर्दछन्। वन डढेलोबाट वनमा भएका वनस्पति, वन्यजन्तु र जैविक विविधतामा अपूरणीय क्षति हुने गरेको छ। त्यसैले —

❖ वन जंगलमा डढेलो लाग्न नदिऔँ, लागे हालसालै सबै मिली स्थानीय जनसहभागिता जुटाई तुरुन्त निभाऔँ।
❖ सलाई, लाइटर जस्ता प्रज्वलनशील वस्तु केटाकेटीको पहुँचबाट टाढा राखौँ। यस्ता वस्तु लिएर वन प्रवेश नगरी/नगराऔँ।
❖ वन जंगलसँग जोडिएका खेतवारीमा कृषिबालीका ठुटा–ठुटी, झिँगटा बालिसकेपछि आगो निभाए मात्र छोडौँ।
❖ घरगोठमा हावाहुरी लागेका बेला आगो नबालौँ। काम सकेपछि मात्रछोडौँ।
❖ अग्नीरेखा निर्माण तथा समय–समयमा मर्मत र सफाइ गरौँ।
❖ आगलागीबाट आफु पनि बचौँ, अरूलाई पनि बचाऔँ।
❖ आफ्नो क्षेत्रमा आगलागी भएको जानकारी नजिकको वन कार्यालय, सुरक्षा निकाय वा जिल्ला प्रशासन कार्यालयमा खबर गरौँ।

वनमा आगो लगाउने कार्य कानूनी अपराध हो। यस्तो कुकृत्य गर्ने लाई
वन ऐन २०७६ बमोजिम क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा
साठी हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

मरिण वन डिभिजन कार्यालय, कपिलाकोट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button