ताजा समाचारसबै
सडक अवरुद्ध भएको विवरणः-

- मिति २०८२।०६।१८ गते अं. १९:३० बजेको समयमा जिल्ला सिन्धुली सुनकोशी गा.पा. वडा न. ०१ गजुली दह ,स्थित बि.पि रामार्ग सडक खण्डमा माथी बाट ढुङ्गा , माटो सहित को पहिरो आई बाटो अबरोध भएको ,
- ऐ. सुनकोशी गा.पा -१ नेपालथोक स्थितमा रोशी खोलाले कटान गरी २५० मिटर बाटो बगाएको
- मिति २०८२।०६।१८ गते १०:३५ बजे जिल्ला सिन्धुली सुनकोशी गा.पा वडा नं. ०६ कानढुङग्रे स्थित बि.पि रामार्ग सडकखण्डमा माथिबाट ढुङ्गा सहितको पहिरो आई बाटो अबरुद्ध -एकतर्फी जोखिमपूर्ण भएको।
- मिति २०८२।०६।१८ गते अं. १७;४५ बजेको समयमा जिल्ला सिन्धुली फिक्कल गा.पा. वडा न. ०६ नागस्थान स्थित मध्य पहाडी लोकमार्गमा बर्षात को कारण ढुंगा,माटो र लेदो सहित को पहिरो आई बाटो दुई तर्फी नै बन्द भएको, अवरोध हटाउन खुर्कोट बाट जे.सि.बी. परिचालन गरिएको ।
- ऐ.ऐ. जिल्ला सिन्धुली गोलन्जोर गा.पा वडा न. ६ अक्करे भिर स्थित मध्य पहाडी लोकमार्गमा बर्षात को कारण ढुंगा,माटो र लेदो सहित को पहिरो आई बाटो एक तर्फी बन्द भएको, खुर्कोटबाट मेसिन आएपछि अवरोध हटाइने जानकारी
- मदन भन्डारी राजमार्गमा मरिन गा.पा.-२ सिन्दुरे दोभानमा पहिरो गई सडक अवरोध भएको, अवरोध पन्छाउन इप्रका कपिलाकोटका प्र.नि. ले समन्वय गर्दै ।
- हरिहरपुरगढी गा.पा.वडा नं. ४ हाकपारामा पहिरो गई सडक अवरुध्द भएको, पन्छाउनको लागि मेसिनरी आवश्यक, समन्वय हुँदै।
- क.न.पा. वडा नं. ८ हर्दियामा खोला र पहिरो को कारण सडक अवरुध्द भएकोमा स्थानीयको लोडर प्रयोग गरी अवरोध पन्छाउने कार्य भइरहेको ।