गाउँघरका आवाज

सिन्धुलीको वि.पी. सडकमा बसको ठक्करबाट एक जनाको मृत्यु‚ दुर्घटना हुनुका यस्तो कारण :

सिन्धुली २०‚

 कमलामाई नगरपालिका–४ हिरापानी नजिक बी.पी. राजमार्गमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ।

काठमाडौंबाट मरिणतर्फ जाँदै गरेको बा.४.ख ३८९४ नम्बरको बसले विपरीत दिशाबाट सिन्धुलीबाट चियाबारीतर्फ आउँदै गरेको ज.१०.प.९२३ नम्बरको स्कुटरलाई ठक्कर दिइ दुर्घट भएको हो । दुर्घटमा स्कुटर चालक कमलामाई नगरपालिका–४ निवासी तथा ‘रोजी साबुनका प्रोप्राइटर चन्द्रबहादुर गम्भीर घाइते भएका थिए। स्थानीयवासी र प्रहरीले उद्धार गरी तत्काल जिल्ला अस्पताल सिन्धुली पुर्‍याएमा दिउँसो करिब १:३० बजे अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

ठक्कर दिने बस र चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

सिन्धुली आसपासको बी.पी. राजमार्ग क्षेत्रमा यस्ता सवारी दुर्घटना पटक–पटक हुने गरेका छन्। पहाडी भू–भागमा रहेको यस सडकखण्डमा धेरै घुम्ती र मोड रहेका कारण सावधानी नअपनाए दुर्घटनाको जोखिम उच्च रहने गरेको छ। विशेषगरी तीव्र गतिमा सवारी साधन सञ्चालन गर्नु, मोडमा ओभरटेक गर्ने प्रवृत्ति र ट्राफिक नियमको बेवास्ता गर्नु दुर्घटनाका मुख्य कारण मानिएका छन्।

बी.पी. राजमार्ग देशको प्रमुख राजमार्गमध्ये एक भएकाले यहाँ साना–ठूला सवारीको चाप उच्च रहन्छ। दैनिक रूपमा लामो दूरीका बस, ट्रक, मोटरसाइकल तथा निजी सवारी साधन गुड्ने भएकाले चालकको लापरवाही वा असावधानीले ठूलो मानवीय क्षति निम्त्याउने गरेको देखिन्छ।

स्थानीयले सडक सुरक्षामा थप कडाइ, नियमित ट्राफिक अनुगमन, मोड तथा घुम्ती क्षेत्रमा सचेतनामूलक संकेतचिन्ह गती नाप्ने यन्त्र र गति नियन्त्रणका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। प्रहरीले पनि चालकलाई तीव्र गति नियन्त्रण गर्न, मादक पदार्थ सेवन नगरी सवारी चलाउन र ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको छ।

दुर्घटनापछि मृतकका परिवारजन शोकमा डुबेका छन्। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button