राष्ट्रिय राजनीति

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रकाशकुमार श्रेष्ठ नियुक्त

सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई उपाध्यक्ष र प्रा.डा. सुनिता डाहालाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रा.डा. शिवराज अधिकारी नियुक्त रहेका थिए। नव–नियुक्त उपाध्यक्ष श्रेष्ठ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकका रूपमा कार्यरत रहँदै आएका थिए। उनी केही समयअघि काजमा राष्ट्रिय योजना आयोगका सदस्यका रूपमा समेत कार्य गरिसकेका छन्।

राष्ट्रिय योजना आयोग सरकारको केन्द्रीय नीति तथा योजना निर्माण गर्ने उच्चस्तरीय सल्लाहकार निकाय हो। यो आयोग संवैधानिक आयोग नभए पनि संविधानबाट मान्यता प्राप्त नीति सल्लाहकार संस्था हो। आयोग प्रधानमन्त्रीको अध्यक्षतामा गठन हुने व्यवस्था छ।

आयोगले देशको दीर्घकालीन, मध्यकालीन तथा वार्षिक योजना तर्जुमा गर्ने, नीति तथा योजना निर्माणमा सरकारलाई सल्लाह दिने, आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका लक्ष्य तय गर्ने र संघ, प्रदेश तथा स्थानीय तहबीच समन्वय गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको छ।

Related Articles

Leave a Reply

Back to top button