गाउँघरका आवाज

घ्याङलेखमा बैंक लुटियो : ३ करोडभन्दा बढी रकम लुटियो, प्रहरीद्वारा १ करोड ८० लाख रकम बरामद

सिन्धुली — घ्याङलेख गाउँपालिका–२ बस्तीपुरस्थित हायुटारको एसबीआई बैंक शाखामा बुधबार राति लुटिएको छ । लुटिएको केही पैसाको बोरा स्थानीय जंगलमा भेटेर प्रहरीलाई बझाएका छन् ।

  मंगलबार राति करिब ६;३०  बजेतिर छ सात जनाको समूहले बैंकबाट करिब करोड१० लाख९५ हजार२८३ रुपैयाँ बराबरको रकम लुटेको बताएको छ।
प्रहरीका अनुसार सो समूहका लुटेराहरू पहिल्यैदेखि बैंकमा रहेको रकम र सुरक्षा व्यवस्थाको अवस्थाबारे अघिल्लो अध्ययन गरेर आएका हुन सक्ने अनुमान गरिएको छ। बैंकमा प्रवेश गर्ने बित्तिकै उनीहरूले ड्यूटीमा रहेका सुरक्षा गार्ड रुद्रबहादुरकार्कीलाई नियन्त्रणमा लिएर खुकुरी प्रहार गरेर घाइते बनाइ उनलाई  नबोल भन्दै मुख थुनेर हात खुट्टा बानेर लडाएर लुटपाट गरेका थिए। उनका अनुसार उनी भएको रुममा  ३ जनाले खुकुरी चुपी र २ जनाले पेस्तोल देखाएर उनलाई बानेका थिए ।
खुकुरी प्रहारबाट कार्की सामान्य घाइते भएका र अहिले उपचारमा लगिएको  प्रहरीले जनाएको छ। गार्डलाई निष्क्रिय बनाएपछि लुटेराहरूले बैंकभित्र रहेका केही कर्मचारीलाई समेत तर्साएर नियन्त्रणमा लिए र तिजोरी खोलेर ठूलो परिमाणमा नगद रकम बोक्दै फरार भए।

खोजतलासमा प्रहरी र जंगलमा भेटिएको पैसाको बोरा

घटनापछि सूचना प्राप्त गरेको प्रहरी टोली तत्काल घटनास्थलतर्फ दौडिएको थियो। जिल्ला प्रहरी कार्यालय सिन्धुली, इलाका प्रहरी कार्यालय तथा अन्य सुराकी स्रोत परिचालन गर्दै शुरू गरिएको खोजतलासमा केही घण्टामै केही पैसा र भेटिएको  थियो।

खोजतलासकै क्रममा प्रहरीले लुटिएको रकममध्ये १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ फेला पारी बरामद गरेको छ। बरामद भएको रकम बैंककै स्थानीय शाखामा सुरक्षित राखिएको जनाइएको छ।

प्रहरीले लुटपाटका क्रममा प्रयोग भएको अनुमान गरिएको BAD ०३९८ नम्बरको टाढा सुमो जीप पनि फर्कँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको छ। सो गाडीका चालक भवत सिंह थापालाई प्रहरीले पक्राउ गरी प्रारम्भिक अनुसन्धान अघि बढाएको छ। थापा लुटेरा समूहसँग प्रत्यक्ष संलग्न थिए वा केवल सवारी चालकको भूमिकामात्र निभाइरहेका थिए भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

लुटेराले प्रयोग गरेको गाडी नियन्त्रणमा

घटनाबारे विस्तृत अनुसन्धानमा जुटिरहेकाले बाँकी लुटेरा समूह कहाँ लुकेका छन् भन्ने पहिचान खुलाएको छैन। तर स्रोतका अनुसार प्रहरीले सम्भावित ठेगाना, फोन सम्पर्क, सवारीको रुट र बैंकभन्दा वरपर प्राप्त गेटवे फुटेज समेटेर छानबिन अघि बढाएको छ।
स्थानीयवासीले लुटपाट घटनापछि आफ्नो क्षेत्रमा सुरक्षा खुकुलो भएको गुनासो गरेका छन्। उनीहरूका अनुसार रातको समयमा बैंक, एटीएम, सहकारी संस्था तथा व्यापारीहरू अतिरिक्त सतर्कता अपनाउनुपर्ने अवस्था देखिएको छ।

यसअघि सिन्धुलीमा यति ठूलो परिमाणको बैंक लुटपाटका घटनाहरू नभएका कारण यस घटनाले प्रशासन, बैंक तथा स्थानीय समाजलाई चनाखो बनाएको बताइएको छ।

यसैबीच, एसबीआई बैंक शाखाले लुटपाटबाट घाइते भएका गार्डको उपचारका लागि सहयोग गर्ने र शाखाभित्र सुरक्षा व्यवस्था अझ कडाइ गर्ने निर्णय गरेको बताइएको छ। बैंकका कर्मचारीहरूले पनि डर र मानसिक तनाव भइरहेको अनुभव बताइरहेका छन्।

अहिले घटनास्थलमा प्रहरीले सुरक्षा घेराबन्दी कडा बनाएको छ भने बैंक तथा वरपरका क्षेत्रमा विभिन्न संयन्त्रमार्फत निगरानी बढाइएको छ।
घटनाको सम्पूर्ण तथ्य प्रमाण संकलन, कब्जा, अनुसन्धान र अपराधी पहिचान तथा दुरुस्तीका लागि आवश्यक सबै कानुनी प्रक्रिया अघि बढाइरहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button