गाउँघरका आवाज

कमलामाई नगरपालिकामा दुग्धजन्य खाद्य बनाउने तालिम सम्पन्नः

सिन्धुली २४

 कमलामाई नगरपालिकाले आयोजना गरेको उधमशिलता प्रर्वदन तथा शिप विकास तालिम अन्तर्गत ५ दिने दुग्धजन्य खाद्य उत्पादन सम्बन्धी तालिम आज सम्पन्न भएको छ। तालिम कमलामाई वडा नं. ५ को मिलन चोकमा सञ्चालन गरिएको थियो भने समापन कार्यक्रम नगरकार्यपालिका हलमा गरिएको हो।

दुग्धजन्य खाद्य बनाउने तालिम सम्पन्न कार्यक्रमको झलकः

तालिममा वडा नं. १, ५, ६, ८, ९ र १३ का गरी जम्मा ९ जना प्रशिक्षार्थी सहभागी रहेका थिए। समापन कार्यक्रममा वडा नं. ४ का अध्यक्ष महेन्द्र ढकालको अध्यक्षता रहेको थियो भने उपमेयर, प्रमुख प्रशासकीय अधिकृत तथा उद्योग शाखा प्रमुखको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रशिक्षार्थीहरूले तयार पारेका दही, पनीर, खुवा, पेडा, पुष्टकारी र कुल्फी जस्ता परिकारहरूको प्रदर्शन गरिएको थियो। समापन समारोहमा उपमेयरले यस्ता तालिमले स्थानीय सीप विकाससँगै आत्मनिर्भरता बढाउने बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। अध्यक्ष ढकालले तालिमले उद्यमशीलता विकासमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

तालिममा बनेका दही, पनीर, खुवा, पेडा, पुष्टकारी र कुल्फी लगायतका परिकारहरूः

प्रशिक्षार्थी हरि प्रसाद बराल (वडा नं. १३) ले तालिम अत्यन्त उपयोगी रहेको तर तालिम अवधी छोटो भएको  बताउँदै सिकेका सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउनुभयो।

कमलामाई नगरपालिकाले मेसिन मर्मत तालिम पनि सञ्चालन गरिरहेको छ । मेसिन मर्मत तालिममा  विभिन्न वडाका ११ जना सहभागी रहेका छन् । तालिम शान्ति नगरमा सञ्चालन भएको छ । कमलामाई नगरपालिकाले  फाइबर तथा सिलिकन कपडाको झोला, बनाउने  हर्पिक, सरफ, फिनेल‚ पशुपंन्छीको आहारा उत्पादनसम्बन्धी तालिम ‚ खोस्टा पराल जस्ता खेर जाने बस्तुबाट सजावटका सामग्री बनाउने तालिम पनि सञ्चालन गर्ने तयारी गरेको जानकारी दिइएको छ ।

कमलामाई नगरपालिकाले वार्षिक रूपमा करिब ३०-५० भन्दा बढी व्यक्तिलाई सीप तथा प्रविधि सहयोग प्रदान गर्दै उद्यमशील बनाउँदै आएको छ। यस कार्यक्रममा करिब ७० प्रतिशत महिला तथा युवाको सहभागिता रहेको छ। नगरपालिकाले यस क्षेत्रमा वार्षिक करिब १५ देखि २० लाख रुपैयाँ लगानी गर्दै आएको छ।

यस लगानीबाट उत्पादन भएका तरकारी खेती ‚फाइबर झोला, विद्यालय झोला, हरपिक, कुखुरा, बंगुर, दूधजन्य परिकार, फिनेल, सरफ, अचार, सजावटका सामग्री, बाँसका मुडा, गार्मेन्ट तथा ढाका कपडाजस्ता वस्तुले स्थानीय उत्पादनलाई बढावा दिएको छ। यसैगरी, यी कार्यक्रमहरूले सिन्धुलीलाई मासुमा आत्मनिर्भर बनाउन सहयोग पुर्‍याएका छन् भने फाइबर झोलाको प्रयोगले प्लास्टिकमुक्त नगर निर्माणमा टेवा पुगेको छ।

सिन्धुलीका बंगुर फर्महरूबाट उत्पादन भएको बंगुर काठमाडौंसम्म आपूर्ति हुँदै आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button