गाउँघरका आवाज

हरिहरपुरगढी गाउँपालिकाद्वारा चार प्रहरी चौकीलाई उद्धार सामग्री वितरण

सिन्धुली‚१४ — हरिहरपुरगढी गाउँपालिकाले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले आफ्नै क्षेत्रभित्र रहेका चार वटा प्रहरी चौकीलाई उद्धार तथा प्रतिकारका आवश्यक सामग्री वितरण गरेको छ।

मंगलबार आयोजित एक औपचारिक कार्यक्रममार्फत क्यानेश्वर, हेन्द्रझ्याडी, गुर्जी र झनझने प्रहरी चौकीलाई प्रत्येकलाई १५/१५ सेटका दरले सामग्री हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष बज्रध्वज वाइवाले बाढी, पहिरो, डढेलो तथा भूकम्पजस्ता प्राकृतिक प्रकोपको बेला तत्काल उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन यी सामग्री वितरण गरिएको बताउनु भएको छ । “विपद् जुनसुकै बेला पनि आउन सक्छ। हाम्रो गाउँपालिकामा वर्षायाममा बाढी–पहिरो र हिउँदमा हावाहुरी तथा आगलागीको जोखिम बढी हुने भएकाले आवश्यक सामग्री तयारी अवस्थामा राख्दा विपद्को बेला छिटो उद्धार गर्न सकिन्छ,” उहाँले बताउनु भयो ।

वितरण गरिएका सामग्रीमा भेरी लाइट, फस्ट एड बक्स, रेस्क्यु बेल्ट, हेल्मेट, पञ्जा, गमबुट, टचबडी ब्याग, पिक, कोदालो र बन्चरो लगायतका सामग्री रहेका छन्।

गाउँपालिका उपाध्यक्ष चेख बहादुर थिङले यस्ता सामग्रीले विपद्का बेला सुरक्षाकर्मीलाई छिटो र प्रभावकारी रूपमा उद्धार कार्य सञ्चालन गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भएकोो थियो। साथै स्थानीय तहले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आगामी दिनमा अझ थप तयारी अघि बढाउने उनले उल्लेख गर्नु भयो ।

विपद व्यवस्थापन तथा उद्धारको सामाग्री अरु जिल्लाका गाउँपालिकामा पनि यस्तो कार्यक्रम गरिदैआएकको छ ।

पूर्वतयारीका यस कदमलाई स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन् र यसले क्षति न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button