गाउँघरका आवाज

मरिण गाउँपालिकामा खर्बुजा खेतीबाट लाखौं आम्दानी

सिन्धुली ‚७-

सिन्धुलीको मरिण गाउँपालिकाले कृषि क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गरेको छ। गाउँपालिकाको पहलकदमी तथा आर्थिक प्राविधिक सहयोगमा मरिण खोलाको बगरमा गरिएको खर्बुजा खेतीबाट किसानहरूले आम्दानी गर्न सफल भएका छन्। परम्परागत खेतीबाट सन्तोषजनक आम्दानी नहुँदा समस्यामा परेका स्थानीय किसानहरू अहिले व्यावसायिक खर्बुजा खेतीतर्फ आकर्षित भएका छन्।

गाउँपालिकाले आवश्यक बीउ, मल, सिंचाइ सुविधा र प्राविधिक सहयोग उपलब्ध गराएपछि किसानहरूले उत्साहका साथ खेती सुरु गरेका थिए। बगर क्षेत्र पहिले बाँझो र प्रयोगविहीन थियो, तर अहिले त्यही स्थान हरियाली र आम्दामीको श्रोतमा परिणत भएको छ। उत्पादन राम्रो हुनुका साथै बजारमा खर्बुजाको माग उच्च भएकाले किसानहरूलाई राम्रो मूल्य प्राप्त भएको छ। मरिण खोलाको एक बासिन्दा भन्छन मरिण खोलाको यती धेरै बगर यतिका बर्ष खेर गएको थियो । अहिले मरिणको बगर आम्दामीको श्रोत बनेको छ । यहाँको खरबुर्जा तराई‚ काठमाडौ‚ हेटौडा र सिन्धुलीको स्थानिय बजारमा विक्री हुने गरेको बताएको छ ।

बैषाख ३ गते गाउँपालिका अध्यक्ष विमर्श मुक्तान “प्रख्यात”, वडा अध्यक्ष हर्कवीर माझी तथा कृषि शाखाका कर्मचारीहरूले मरिण गाउँपालिका वडा नं. ६, नयाँ बस्तीमा खरबुजा खेतीको अनुगमन तथा निरीक्षण गरिएको थियो ।

गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले स्थानीय स्रोतको सदुपयोग गर्दै किसानको आय वृद्धि गर्ने लक्ष्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको बताए। उनले भने, “बगर क्षेत्रलाई उत्पादनशील बनाउनु हाम्रो मुख्य उद्देश्य थियो, जसमा हामी सफल भएका छौं। आगामी दिनमा अझ ठूलो क्षेत्रफलमा खेती विस्तार गर्ने योजना छ।”

त्यस्तै, उपाध्यक्ष विमला माझीले किसानहरूको उत्साह र मेहनतले यो सफलता सम्भव भएको उल्लेख गर्दै भनिन्, “गाउँपालिकाले दिएको सहयोगलाई किसानहरूले सही ढंगले उपयोग गरेका छन्। यसले गाउँमा आर्थिक समृद्धि ल्याउन महत्वपूर्ण भूमिका खेलेको छ।”

यस कार्यक्रमबाट स्थानीय रोजगारी सिर्जना हुनुका साथै कृषिमा आधुनिक प्रविधिको प्रयोग बढेको छ। खर्बुजा खेतीले मरिण गाउँपालिकामा नयाँ आशा र खुशीको वातावरण सिर्जना गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button