सबै

अन्तर्राष्ट्रिय श्रमिक दिवस: अधिकार र सम्मानको मागसँगै विभिन्न कार्यक्रम

काठमाडौं, वैशाख १९ — हिजो विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रमका साथ मनाइएको छ। नेपालमा पनि श्रमिकहरूको अधिकार, सम्मान र सुरक्षाको सुनिश्चितताका लागि राजधानी काठमाडौंसहित देशभर र्‍याली, सभा तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएका छन्। श्रमिक संघ–संस्थाहरूको अगुवाइमा आयोजित कार्यक्रमहरूमा हजारौं श्रमिकहरूको सहभागिता रहेको थियो।

कार्यक्रमहरूमा सहभागीहरूले न्यूनतम पारिश्रमिक वृद्धि, सुरक्षित कार्यस्थलको व्यवस्था, सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन तथा श्रम ऐनको पूर्ण पालना गर्न सरकारसँग माग गरेका छन्। वक्ताहरूले श्रमिकहरूको योगदानबिना देशको आर्थिक विकास सम्भव नभएको उल्लेख गर्दै उनीहरूको जीवनस्तर उकास्न ठोस नीति आवश्यक रहेको बताएका छन्।

काठमाण्डौमा दाजुभाइ अन्तर्राष्ट्रिय यातायात प्रा.लि.का अध्यक्ष अशोक लामाले श्रमिकहरूको अधिकार सुनिश्चित नगरी समृद्धि हासिल गर्न नसकिने धारणा राख्नु भयो। उहाँले‚ सरकारले ल्याउन लागेको यातायात सम्बन्धी कानुन श्रमिकमैत्री होस । हामीले सुनेको यातायाताको साधन दुर्घटना हुँदा वा दुर्घटनाबाट मानिसको मृत्यु भयो भने ड्राइभरलाई ज्यान मद्दा लग्ने र जेल बस्नु पर्ने र जरिवाना तिर्नु पर्ने कानुन बन्दै छ रे यसरी कामदारलाई फसाईने कानुन नबनाउन भआग्रह गर्नु भएको छ। “हामी आन्दोलन चाहँदैनौं, तर बाध्य पारिएमा सबै सवारी साधन थन्क्याएर आन्दोलनमा उत्रिनेछौं,” उनले भने।

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य गुञ्ज बहादुर नेपालीले “संसारका श्रमिकहरू एक हौं” भन्ने नाराले विश्वभरका श्रमिकलाई एकताबद्ध बनाएको बताउँदै शुभकामना व्यक्त गर्नु भयो  । अन्तराष्ट्रिय श्रमिक दिवसको  अर्का सदस्य हरि बहादुर नेपालीले राज्यले बनाउने हरेक कानुन श्रमिकको हितमा हुनुपर्नेमा जोड दिँदै कामदारलाई असर पर्ने प्रावधान नल्याउन आग्रह गर्नु भयो।

यातायात व्यवसायी शान्ति बहादुर लाखेले श्रमिकको सम्मान, सुरक्षा र उचित ज्याला सुनिश्चित गरे मात्र समृद्ध राष्ट्र निर्माण सम्भव हुने बताए। श्रमिक दिवसका कार्यक्रमहरूले सरकारलाई श्रमिकमैत्री नीति निर्माण गर्न थप दबाब सिर्जना गरेको सहभागीहरूले बताएका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button