हरिहरपुरगढी गाउँपालिकाको जनहितमा जारी सान्देशः
दसैँ, तिहार तथा छठलगायतका चाडपर्वमा आपसी सद्भाव कायम राखौँ। जुवातास, मादक पदार्थ सेवन गरी सवारी चलाउने कार्य तथा पटाका र विस्फोटक पदार्थको जोखिमपूर्ण प्रयोगबाट टाढा रहौँ।
आफ्नो पालिकाका प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्पदाको संरक्षण र प्रचारप्रसार गरौँ। पाहुनालाई सम्मानपूर्वक स्वागत गरौँ। स्थानीय उत्पादन र मौलिक संस्कृतिको प्रवर्द्धनबाट रोजगारी तथा आम्दानी बढाऔँ।
वस्तु तथा सेवा खरिद गर्दा मूल्यसूची, म्याद, गुणस्तर र बिल जाँच गरौँ। म्याद गुज्रिएका वा गुणस्तरहीन वस्तु प्रयोग नगरौँ। अनुचित व्यापारिक गतिविधि देखिएमा सम्बन्धित निकायमा जानकारी गराऔँ।
सार्वजनिक भवन, विद्यालय, स्वास्थ्य संस्था, खानेपानी आयोजना र सडकको संरक्षण गरौँ। सार्वजनिक सम्पत्तिमा क्षति नपुर्याऔँ। विकास निर्माणका काममा निगरानी र सहयोग गरौँ।
वर्षायाममा खाद्यान्न तथा बीउबिजनलाई ओस र पानीबाट जोगाऔँ। भण्डारण गर्ने स्थान सफा र सुक्खा राखौँ। तरकारी तथा फलफूल सेवन गर्नुअघि सफा पानीले राम्ररी धोऔँ।
