गाउँघरका आवाज

तिहारमा कोही टीकामा, कोही भित्तामा ! दुर्घटना असुरक्षित यात्राः

साँघुरा सडक, बढ्दो सवारी चाप र तीव्र गतिले यात्रु

सिन्धुली २७,

 तिहार आफन्तसँग भेटघाट गर्ने, दिदीबहिनीले दाजुभाइलाई टीका लगाउने र परिवारसँग खुसी साटासाट गर्ने पर्व हो। यही खुसी बोकेर कोही घर फर्किरहेका हुन्छन् ।  कोही आफन्त भेट्न यात्रामा निस्किएका हुन्छन् । तर चाडपर्वको यही यात्रामा कतिपय परिवारले भने आफ्ना प्रियजन घटना व्यहोर्नु परेको छ । कसैको घरमा तिहारको रौरक छाउँदा कसैको घरमा सवारी दुर्घटनाले शोक छायो ।

चाडपर्व सुरु भएसँगै सडकमा सवारीसाधनको चाप सामान्य दिनभन्दा बढ्यो । सार्वजनिक यातायातमा यात्रुको भीड हुढ्यो , निजी सवारीको आवागमन बढ्यो र लामो दूरीको यात्रा गर्नेको संख्या पनि उत्तिकै थियो । तर सवारीसाधनको संख्या र यात्रुको चापअनुसार सडकको क्षमता, सुरक्षा व्यवस्था र यातायात व्यवस्थापन पर्याप्त नहुँदा यात्रा र सवारी साधनको तिब्र गति र लाहापर्वाहीले दुर्घटना भएको छन् ।

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा कात्तिक १ गते बिहान भएको सुमो दुर्घटना यसको पीडादायी उदाहरण हो । काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को.१ ज २९७६ नम्बरको टाटासुमो सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको थियो। दुर्घटनामा चालकसहित चार जना घाइते भएका थिए भने प्रारम्भिक विवरणमा तीन जना बेपत्ता भएको जनाइएको थियो। त्यस्तै सिन्धुली धनुषाको सिमाना रातु पुल नजिक चुरेमा सडकमा २४ गते बेलुका करिव ६ बजे बाइक र सानो गाडी एक आपसमा ठोकिदा वाइक चालक शक्त घाइते भएको थिए ।

सिन्धुली नागथानस्थित मध्यपहाडी लोकमार्गमा ११ गते जीप दुर्घटनाको तस्वीरः

सिन्धुलीका बीपी राजमार्ग र मध्यपहाडी लोकमार्ग चाडपर्वका समयमा व्यस्त हुने सडक हुन् । यी सडकका कतिपय खण्ड साँघुरा छन् भने कतिपय स्थानमा घुम्ती, भिरालो भूभाग, नदी किनार र कमजोर सडक किनार छन् । यस्तो अवस्थामा विपरीत दिशाबाट आउने सवारीलाई सहज रूपमा पास दिनसमेत कठिन हुने गर्छ ।

नेपाल सरकारले दुर्घटना पस्चात दुर्घटनाको सत्य तथ्य पत्ता लगाउई प्रतिवेदन बनाउने छानविन समिती गठन गर्ने चलन छ तर यस समितीले ल्याएको प्रतिवेदन माथी निराकरणको प्रयासमा खासै लागी परेको सम्बन्धित पक्ष देखिदैन् ।

दुर्घटना भएपछि उद्धार र क्षतिपूर्तिमा मात्र केन्द्रित भएका छन् । यो परिपाटीले दुर्घटना भैइरहने , उद्दार र क्षेतीपुर्ति भैइरहने हुन्छ । ट्राफिकले गरेको जरिवाना कार्वाही राज्यलाई राष जम्मा हुने बाहेक अरु प्रभाव भएको देखिएन ।

चाडपर्वमा यात्रुको चाप बढ्ने कुरा पहिले नै थाहा हुने विषय हो । त्यसैले दुर्घटना भएपछि उद्धार र क्षतिपूर्तिमा मात्र केन्द्रित नभई दुर्घटना हुनै नदिने पूर्वतयारी आवश्यक छ ।

Related Articles

Back to top button