ई - पेपर

हरिहरपुर गढी गाउँपालिका कार्यालयको जनहितमा जारी सन्देशः

अविरल वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले नदी, खोला र खोल्सानजिक जाँदा सावधानी अपनाऔँ। जोखिमयुक्त सडकमा यात्रा नगरौँ। विपद्को संकेत देखिएमा सुरक्षित स्थानमा जाऔँ ।

धानखेती तथा अन्य कृषि कार्य गर्दा उन्नत बीउ, सन्तुलित मल र रोगकीराको उचित व्यवस्थापनमा ध्यान दिऔँ । कृषि प्राविधिकको सल्लाह लिएर खेती गरौँ। कृषि उत्पादन बढाऔँ, आत्मनिर्भर बनौँ ।

वर्षायाममा पानीका स्रोत दूषित हुन सक्ने भएकाले पिउने पानी उमालेर वा उपयुक्त विधिबाट शुद्धीकरण गरेर मात्र प्रयोग गरौँ। पानी भण्डारण गर्ने भाँडा सफा राखौँ र झाडापखालाबाट बचऔं ।

खानेपानीका मुहान वरिपरि फोहोर नफालौँ। मुहानलाई दिसापिसाब, ढल तथा अन्य प्रदूषणबाट जोगाऔँ। स्वच्छ पानीको संरक्षण गर्नु सबै नागरिकको साझा जिम्मेवारी हो।

वन, जल, जमिन र जैविक विविधताको संरक्षण गरौँ। नदीजन्य पदार्थ तथा प्राकृतिक स्रोतको उत्खनन गर्दा प्रचलित कानुनको पालना गरौँ। वातावरणीय सन्तुलन कायम राख्नु सबैको दायित्व हो।

Related Articles

Back to top button