ताजा समाचार

चालकले आफु संगै बसमा आगो लगाए,

काठमाडौं ५ भदौ,

काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग कार्यालय अगाडि दिउँसो मिनिबसमा आगलागी हुँदा चालक गम्भीर घाइते भएका छन्।

दिउँसो करिब १२:१५ बजे बस पकेटमा रिद्धिसिद्धि यातायातको बा.५ ख ४२७४ नम्बरको मिनिबसमा आगलागी भएको हो। बसका चालक काभ्रेको पनौतीका २५ वर्षीय दावा लामाले आफू भित्रै बसेर बसमा आगो जनाइएको खुलेको छ ।

आगलागीमा परी गम्भीर घाइते भएका लामालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल पुर्‍याइएको छ। अस्पतालको अनुसार उनको शरीरको ठूलो भाग जलेको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।

ट्राफिक प्रहरीसँगको विवादपछि घटना भएको हो। अनावश्यक हर्न बजाएको भन्दै ट्राफिक प्रहरीले लामाका कागजात नियन्त्रणमा लिएर कारबाही गर्न खोजेको थियो। तर, लामाले आफूले गल्ती नगरेको र आफ्नो साइडमा बसअगाडि मोटरसाइकल रोकेकाले हर्न बजाएको भन्दै कागजात दिन अस्वीकार गरेपछि विवाद बढेको बताइएको छ।

विबादकै बेला चालक लामाले बस साहुलाई फोन गरेर ट्रफिक प्रहरीले मेरो गल्ती नभैइ कार्वाही गर्न खोजेको छ । मेरो अव केही बेरमा लास हुन्छ भनेर रहेछन त्यसपछि बस साहुले तत्कालै प्रहरीको डि एस पी लाई फोन मार्फत जानकारी गराउँदै घटना हुनबाट रोक्न अनुरोध गरेको थियो ।

घटनाको सत्यतथ्य पत्ता लगाउन उपत्यका प्रहरी कार्यालयले एसएसपी रमेश बस्नेतको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई घटनाबारे यथाशीघ्र अनुसन्धान गरी दोषी देखिए कारबाहीका लागि सिफारिस गर्ने जिम्मेवारी दिइएको छ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रको जनहितमा जारी सन्देशः

नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्र ,माझीटार सिन्धुली

Related Articles

Back to top button