ताजा समाचार

जेञ्जी शहीद दिवसका दिन सार्वजनिक बिदा, भोटेकोशी बाढी पीडितको सम्मानमा राष्ट्रिय शोक

भदौ १८

 सरकारले जेञ्जी आन्दोलनका शहीदहरूको भदौ २३ गते ‘जेञ्जी शहीद दिवस’ मनाउने निर्णय गरेको छ । साथै, भोटेकोशी क्षेत्रमा आएको बाढीमा परी ज्यान गुमाएका नागरिकको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।

 भदौ १८ गतेबसेको मन्त्रिपरिषद् बैठकले भदौ २२ गते राष्ट्रिय शोकका रूपमा मनाउने र सो दिन देशभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

सरकारले प्राकृतिक विपद्का कारण ज्यान गुमाएका नागरिकप्रति सम्मान तथा शोक व्यक्त गर्दै राज्यका सबै निकायलाई राष्ट्रिय शोकका दिन निर्धारित प्रक्रिया पालना गर्न निर्देशन दिएको छ ।

त्यसैगरी, बैठकले एसियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने ५ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णयसमेत गरेको छ । उक्त अनुदान विपद् व्यवस्थापन तथा प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणमा उपयोग गरिने जनाइएको छ ।

Related Articles

Back to top button