ई - पेपर

उद्योग तथा वाणिज्य पर्यटन तथा यातायात कार्यालयको जनहितमा जारी सन्देशः

उद्योग सञ्चालन गर्नुअघि प्रचलित कानुनबमोजिम उद्योग दर्ता गरौँ। उद्योगको प्रकृतिअनुसार आवश्यक कागजात पेस गरी दर्ता, नवीकरण तथा अन्य कानुनी प्रक्रिया समयमै पूरा गरौँ।

अनधिकृत रूपमा उद्योग सञ्चालन नगर्नुहोस्। उद्योगसँग सम्बन्धित सेवा, सुविधा तथा प्रक्रियाबारे जानकारी लिन सम्बन्धित कार्यालयमा सम्पर्क गर्नुहोस्।

व्यापारी तथा व्यवसायीहरूले वस्तु तथा सेवाको गुणस्तर कायम राखौँ। वस्तुको मूल्यसूची स्पष्ट देखिने स्थानमा राखौँ। खरिद–बिक्री गर्दा प्रचलित कानुनको पालना गरौँ र उपभोक्तालाई अनिवार्य रूपमा बिल वा बिजक उपलब्ध गराऔँ।

उपभोक्ताहरूले पनि वस्तु खरिद गर्दा मूल्य, गुणस्तर, उत्पादन मिति, उपभोग्य मिति तथा बिलको जाँच गरौँ।

स्वच्छ व्यापार, सचेत उपभोक्ता र स्वस्थ बजार निर्माणमा गरौं

उद्योग तथा वाणिज्य, पर्यटन तथा यातायात कार्यालय सिन्धुली

Related Articles

Back to top button