ई - पेपर

उद्योग तथा वाणिज्य, पर्यटन तथा यातायात कार्यालय अनुरोधः

स्थानीय कच्चा पदार्थ, सीप र प्रविधिको उपयोग गरी घरेलु तथा साना उद्योग सञ्चालन गरौँ। स्वदेशी उत्पादनलाई प्राथमिकता दिऔँ, रोजगारी सिर्जना गरौँ र स्थानीय अर्थतन्त्रलाई बलियो बनाऔँ।

स्थानीय किसान, घरेलु उद्योग तथा नेपाली उत्पादकले उत्पादन गरेका गुणस्तरीय वस्तुको प्रयोगलाई प्रोत्साहन गरौँ। स्वदेशी उत्पादनको प्रवर्द्धनले रोजगारी सिर्जना, सीप विकास र उत्पादन वृद्धिमा सहयोग पुर्‍याउँछ।

पर्यटन व्यवसायीहरूले पर्यटकलाई गुणस्तरीय सेवा, सही सूचना र स्वच्छ वातावरण प्रदान गरौँ। सेवा तथा सुविधाबारे स्पष्ट जानकारी दिऔँ र लागू हुने कानुनी मापदण्डको पालना गरौँ।

वस्तु तथा सेवाको बिक्रीवितरण गर्दा गलत विवरण दिने, झुक्याउने वा अनुचित लाभ लिने कार्य नगरौँ। उपभोक्ताले खरिद गरेको वस्तु तथा सेवाको बिल सुरक्षित राखौँ र समस्या परेमा सम्बन्धित निकायमा गुनासो गरौँ।व्यवसाय सञ्चालन गर्ने स्थान सफा राखौँ।

फोहोरको उचित व्यवस्थापन गरौँ र वस्तु तथा सेवाको बिक्रीवितरण गर्दा सरसफाइ तथा लागू हुने मापदण्डको पालना गरौँ।

उद्योग तथा वाणिज्य, पर्यटन तथा यातायात कार्यालय सिन्धुली

Related Articles

Back to top button