गाउँघरका आवाज

सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्दै गोलन्जोर गाउँपालिका

सिन्धुली‚३ —

 गोलन्जोर गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार सेवा प्रवाह, विकास गतिविधि तथा समग्र कार्यसम्पादनबारे नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सार्वजनिक सुनुवाइ आयोजना गर्न लागेको जनाएको हो।

गाउँपालिकाका अनुसार सार्वजनिक सुनुवाइमार्फत स्थानीय तहबाट सञ्चालन भइरहेका पूर्वाधार विकास, आर्थिक तथा सामाजिक विकास, वातावरण संरक्षण, विपद् व्यवस्थापन, सुशासनलगायतका विषयमा नागरिकको गुनासो, सुझाव र प्रतिक्रिया संकलन गरिनेछ। कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहने जनाइएको छ।

कार्यक्रम विभिन्न वडामा तोकिएको मिति र स्थानमा बिहान १० बजेदेखि सञ्चालन हुनेछ। यसअनुसार वडा नं. १ देखि वडा नं. ७ सम्म क्रमशः निर्धारित मितिमा सार्वजनिक सुनुवाइ आयोजना गरिनेछ।

सार्वजनिक सुनुवाइ कार्यक्रम तालिका:

  • वैशाख ७ गते – वडा नं. १,  डुढ्भञ्ज्याड्ड
  • वैशाख ८ गते – वडा नं. २, वितिजोर
  • वैशाख ९ गते – वडा नं. ३, ग्वालटार
  • वैशाख १० गते – वडा नं. ४, तिनकन्या
  • वैशाख ११ गते – वडा नं. ५, रतनचुरा
  • वैशाख १४ गते – वडा नं. ६, बशेश्वर
  • वैशाख १५ गते – वडा नं. ७, खुर्कोट

सबै कार्यक्रम बिहान १० बजेबाट सञ्चालन हुनेछन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button