आमालाई चिठी
आदरणीय आमा !
रातो सलाम ,

क्रान्तिको निरन्तर यात्राको क्रममा संघर्षको मैदानमा छटपटाइरहेको, यो घाइते माभरी , टुक्रिएको मन, जलको तन, अनि भोक प्यास र पिंडाकोचातर्फी घेराबन्दीको बीचबाट पनि मनभरि उत्साहका लालीगुराँसहरु पुलाउदै, कलमरुपी बन्दुकहरुमा रगतको मसीभर्दै , आदरयाीय आमाको सम्झनामा भावना र बिचार मिश्रीत् केही शब्दहरु जबरजस्त कोर्न लागिरेको छु
भौतिक रुपमा तपाई हाम्रो प्रत्यक्ष भेट–घाट नभएको पनि लामो समय भईसकेछ । संघर्षको प्रत्यक्ष मोचोहरुमा कैयन हण्डरहरुलाई पचाउनु पर्दा आमाको काखको न्यानो मायाँको सम्झना आइरहेने रहेछ । लामो समयसम्म टाढा हुनुपर्दा सम्झनले सताइरहने रहेछ । परिवार संग बिछोडीनु पर्दा अनि बिछोडको पिंडाले मुुटु निचोरिदा सिङ्गो छातीचराँउदो रहेछ । हो, आमा भावनाको सागरभित्र यस्तै–यस्तै भेटिने रहेछ ।
हिजाका दिनहरुमा एक त कार्यब्यस्तता र अर्को संवेदनशिल परिस्थितीको कार०ा पनि द्दर भेट घाटमा आउन सकिएन । आज हाम्रो लषईको मोचोको रुप फेरिएको छ ।लड्ने तैर –तरिका र विधी पनि फेरिएका छन् । आज हामीले बम,बारुद र आगोसंग खेल्ने कामलाई स्थगित गरेका छौं । अनि यतिबेला वर्गदुश्मनका क्याम्पहरुमा बंम् गोलाहरु बर्षाउनु परेको पनि छैन । तर आमा ! हिजो हाम्रा आश्थालाई ढलाउनु हाम्रो छातीमाथी दागिने संगिनहरु ,आज हाम्रो आश्थालाई गलाउन, हाम्रो बिचारलाई गलाउन भ्रम, षड्यन्त्र र गोयवल्स शैलीका दुश्प्रचारहरुमा फेरीएका छन् । त्यसैले त आमा !हाम्रा कलमहरुले पनि मसि निलेर बारुद ओकलीरहेका छन् । अनी साम्राज्यवादी प्रचार आतंकको बिरुद्धमा सगरमागाको काखबाट उन्मुक्तिको स्वरहरु गुञ्जीइरहेका छन् ।
युद्ध विराम भएर बार्ताप्रकृया सुरु भएपछि आउछ भन्ने आशामा भंज्याङ्घको बाटो हेरेर दिनरात बिताइरहनु भएको होला तर माफ गर्नुस आमा, मेरा गालमा दुबैहातले सुम्सुम्याउने तँपाईका अभिलाशाहरुलाई तत्काल पुरा गर्न सक्ने छैन । प्यारो छोरालाई छाती भित्र चपक्क च्याप्ने तँपाईको भावनात्मक उद्देलनलाई पनि छातीभित्र नै सजाइराख्नु होला । किनकी हामीले मोर्चा छाड्यौं भने तपाइको छाती बुस र मोरियार्टीहरुको रिमोर्ट कन्ट्रोल बन्न सक्छ । अनि हाम्रा आँगनहरु हिटलरका सन्तानहरुका परेड मैदान बन्न सक्छन् । खुश्चेव, देङ्, स्याओफेङ र लिलिसानहरुका परेड मैदानहरु बन्न सक्छन् । त्यसैले त आमा हामी अझै सचेत र सजग बन्नु पर्छ । मलाई थाहा छ आमा ! तँपाईका गुज्यू फाट्यो हाला बाबाको टोपी र स्टकोट पनि थुप्रैठाऊँमा उद्रियो होला , अनि केश पनि पाकेर सेताम्मै भयो होला । तर अझै पनि खरवारी पाखाको घाँसको भारी तँपाई एक्लैले बोक्नु पर्छ आमा ! अनि डिलमुनीको खेतमा बाबाले एक्लै आली लगाउदै जोत्नु पर्छ । तँपाईले एक्लै खेत रोप्नु पर्छ । किनकी कैंयन हिटलर र देङ स्याओ फेङका सन्तानहरु , आहालमाथी रुखमा गिद्धले बुढो भैंसीको काल कुरेर पर्खिबसे भैं , हाम्रो काल कुरेर बसीरहेका छन् । त्यसैले त आमा निरन्तर यात्राकै क्रममा हामीले पनि आफ्नो टाउको माथी मट्टिलेत खन्याइरहेका छौं । अनि हाम्रा छातीहरु भित्र फ्युज जोडिरहेका छौं । ह्वाइट हाउस र दिल्ली दरवारहरुले गिद्धेदृष्टि लगाए भने अनि निकारागुवा र कोन्ट्रा विद्रोहीहरुलाई हेर्ने आँखाले हामीलाई पनि हेरे भने , हामी एक्काइसौं शताब्दीका भियत्नामीहरु बनेर सगरमाथाको देशबाट अन्तराष्ट्रिय सर्वहारावादी क्रान्तिकारी गितहरु गाइरहने छौं । त्यसैले त आमा हामी हरक्षण बेर्फुसदिला मान्छेहरु हौं ।
मलाई यो पनि थाहा छ आमा, दिदी र दाईको शाहदत पछि पनि म भेटघाटम आउन सकिन । तपाईले धेरै पिर गर्नु भयो होला मुटुको टुक्रा भन्दा प्यारा आफ्ना छोरा छोरीहरुलाई अकालमा गुमाउनुपर्दा कुन आमाको मुटु निचोरिदैन होला र ? समयले आफु माथी निर्ममता पुर्वक थोपारेको पिंडा भित्र आफ्नो जिन्गीलाई धिक्कारीरहनु भएको होला । तर यो बेला हामी शोक र पिंडामा डुब्नु हुन्न आमा , आँसु अझै साँच्नु पर्छ । बरु यतिबेला त आँखामा आगोको फोहोरा निकाल्नु पर्दछ । कवि भूपि शेरचनले भने झ्रैं “ हुदैन विहान मीर्मीरे तारा झरेर नगए , बन्दैन मुलुक दुई चार सपुत मरेर नगएू भन्ने भनाईलाई पनि स्मरण गर्नु होला । आमा उपन्यास कामरेड पावेलकी आमाको वीरताको इतिहासलाई पढ्नुहोला । क्रान्तिको नियम नै यस्तै रहेछ । आमा, हजारौं आँश्रुुधारा भित्र एउटा मन्दमुस्कान खोज्नु पर्ने । अनि लाखौं मुटुहरु निचोरिने पिंडाहरुको भिडबाट एउटा उन्मुक्त रोज्नु पर्ने । नपत्याए थुमी , केराबारी कालीकाट ,काटाकुटी र रौतहटलाई सोध्नुुस त ? त्यहाँ भित्र तपाईले आँसु र पिंडाका वास्तविक मुल्य भेटाउन सक्नुहुने छ । अनि क्रान्ति र प्रतिक्रान्तिको द्धन्द्धवादलाई छाम्न सक्नु हुने छ । त्यसैले त आमा , तँपाईले चियाङ्ग चिङ् , ताओचिङ् , र ताथिक्यू बन्न पर्छ ।
मलाई थाहा छ आमा ! घरमुनि सेतिभिरको ओडार जहाँ किलोसेरा टु अप्रेशनको बेला गाऊँ दुश्मनको घेराबन्दीमा पर्दा तँपाई र दिदीले प्लास्टीकमा ढिडो र पोल्टामा मकै भटमास बोकोर दुश्मनका आँखा छल्दै ल्याउने गर्नुहुन्थ्यो । ति ओडारहरुमा पनि संकटकालको बेलामा शाहीसेनाले बम पड्कायो रे ! हाम्रा गाऊँवस्तीहरुमा गोला बारुद वर्सायो रे ! छाड्दिनुस आमा ! पिर नगर्नुस , हामीेले धेरै धैर्य गर्न सिक्नुपर्छ दुश्मनका हजारौं दमन र यातनाले त हामीलाई झनबढी स्पातीलो र धारीलो बनाउँछ । रणनितिक प्रत्याक्रमणका दोश्रो चरण , दुश्मनको ढाडमा टेकेर टाउकोमा हान्ने योजनाको क्रममा घोडेटार, चारकोशे झ्याडीका जंगलहरुमा मैले त्यो मिठो ढिडो र नुनखोर्सानी सम्झीएँ । हाम्रो प्यारो सेतिभिरको ओडार र जंगललाई संझीएँ । बम गोलाहरुद्धारा बिभत्स सिस्ने र जलजलाको काखबाट प्रतिरोध गरिरहेका महान क्रान्तिकारी आमा –बुबा हरुलाई सम्झीएँ । रुकुम , रोल्पा, कालीकोट, थवाङ र भावाङको छाती जलिरहेको दृष्यहरुलाई सम्झीएँ , अनि सम्झीएँ विभत्स भएका हाम्रा गाऊँवस्तीका यातनाका पिंडाहरुलाई ।
त्यसपछि त हामी घेडेटार र गाईघाटहरुमा गयौं पिली र मलंगवा पुग्यौं । पारीपाटीको घोप्टे भिरमा मलातोको रुख मुनि मेरा किताब , दस्तावेज र महत्वपूर्ण समानहरु भएको बाकस छ । त्यसलाई अब घरमा नै ल्याएर राखीदिनु होला । अब हाम्रो गाऊँबस्तीमा विगतको झैं राक्षेसी नाचहरु नाचीने छैनन् । तर ढुक्क भैइहाल्ने बेला चै भएको छैन है आमा दुूस्टहरु नयाँ षडयन्त्रमा जुटीरहेका छन् । मोरीयार्टी नामका कुकुर भुकिरहेका छन् । त्यसैले त आमा भन्न बाध्याहुनु पर्छ ,रात अझै बाँकिनै छ । अन्धकार रातलाई च्याटेर प्रभाती किरणहरुसंग अंकमाल गर्ने क्रममा हामीहरु प्नि तपाईको आँखाबाट हरायो भने , तँपाईको आफ्नो छातीलाई हातले अचेट्दै–अचेट्दै फेरीपनि लाखौं रक्तविजहरु हुर्कानु पर्छ । आखीर हाम्रा आँगनमा सिस्नु फुलेर के फरक पर्छ र आमा ? हाम्रा पाखा भरी लालीगुँरासका कोपिलाहरु ढकमक फक्रन लागेका छन् । अब छिटै फक्रने छन् । र ति कोपिलाहरु फक्रिरहने छन् ति हाम्रो माटोमा अनन्तकाल सम्म । हाम्रो भौतिकरुपमा भेट नभएर के भयो त आमा ? समान लक्ष्य र उदेश्यलाई काखी च्याप्दै , लक्ष्यको सगरमाथा चुम्ने हाम्रो महान् यात्रा जारी नै छ । यही भावालाई आत्मासाथ गर्नुहोला ।
हिजोका दिनहरुमा छिमेकीको बुँइगलमा रेडियो बज्दा होस वा अन्धकार रातमा पुलुक्क चटलाइट बलेको देख्दा हतार हतार खिम्तीबेसी, गाम्नाङ्गटार चरीकोट लगाएत प्रहरी चौकीहरुमा पोल बोकेर जाने आमाहरु देखी अब रिसाउनु हुन्न है आमा । किनकी हाम्रो यात्रा अझै लामो छ । नारायणहीटी र ह्वाइटहाउसवहाँहरुलाई पनि सँगै सँगै डो¥याउनु पर्छ । हो आमा महान कमरेड लेनिनले भन्नु भए झैँ , सराप्दै सराप्दै भएपनि निश्चित उदेश्यको निम्ती सबै संग लिएर जानु पर्छ । लामो समय पछि यसपटक हिमाली जिल्लहरुको यात्राको क्रममा पिके र दिम्बा संग मेरो पुनर्मिलन भयो । उनिहरुको उचाईबाट चारैतिर नियाल्ने कोशिस गरेँ मैले । अुल्ला मौसममा प्रकृतीको उन्मुक्त हाँसो सँगै ती बस्तीहरुलाई छाम्ने प्रयत्न गरेँ । सैलुङ्ग र कालिञ्चोक प्रतापलाई खोजिरहेका थिए । सिस्ने र जलजलाहरुले बासु र सुनिलर्ला सोभिरहेका थिए । पिेके, फिक्कल र सिलिङ्गचोङ्गहरुले बिशाल, कुमार सोधीरहेका गिए । अनेकोट र मोली घटनाा सम्झँदा , छाती भित्र तावाश्री, गौर र दोरम्बाहरु दुख्दारहेछन् । बिर्सनै नसकिने कहाली लाग्दा क्षेणहरुले ब्युँझाइदिँदा छाती भित्र लुकेका पिंडाले आँखा छोप्नेरहेछ । मैले ती बस्तीहरुलाई नजिकबाट नियाँल्न खोजे । प्रत्येक झुप्राहरुमा आक्रोश र प्रतिशोधको ज्वाला दन्कीँई रहेको पाएँ । अनि आफु भित्र नयाँ उर्जालाई समेट्दै , मैले पनि बदलाको मुठ्ठी उठाएँ । यस्तै रहेछ आमा !क्रन्किारी द्धन्द्धवाद । अनि आँसु , हाँसो र आक्रोशको त्रिवेणी ।
बाबाको शाहदत पछि दाईका छोरा छोरीले न्यास्रो मानेका होलान् । नाबालक अवस्थामा मा बाबाको मायाँबाट टाढीनु पर्दा तिनीहरुले हिँउद यामको चुरेपहाड जस्तो उजाड जिन्दगीको अनुभूत गर्न पाउनुहुन्न है आमा ! तिनीहरुले त लाखौं लाख आमा बाबाहरुको ओठभरी हाँसो र खुशी भर्नु पर्छ । त्यसैले त तिनीहरुका आँखामा अन्धकारको साम्राज्यलाई भस्मीभूत पार्ने अदम्य शक्तिलाई बालतोड झै चम्कीईरहन दिनुपर्छ । ति हजारौँ शक्तिलाई कलात्मक ढंगले पंतिबद्ध गरिनु पर्छ अनिमात्र बादशाहलाई धुलो चटाउन सकिन्छ ।
लौत आमा अब धेरै के लेखौ यदि घर छिट्टै आउन भ्याइन भनेपनि सबै साथीहरु तँपाईका आफ्नै छोरा छोरी हुन् । काखका एकध सन्तानहरुलाई गुमाएर , लाखौं धर्तिपुत्र हुर्काउन खोज्ने आमाहरु ः आफ्ना आँखमा आँसु फलाएर हजारौं आमाहरुको हृदय छाम्न खोज्ने तँपाई आमाहरु जो इतिहास देखी् वर्तमान सम्मको भुक्तभोगी हुनुभयो । मैले अरु धेरै के नै पो भनिरहनु पर्छ र ? केवल स्मरण मात्र गराउन खोजेको हो । इतिहासलाई साँच्छी राखेर बतबृमान यथार्थतालाई स्मरण गराउन मात्र खोजेको हो । हो, आमा ! अब हामी छिट्टै आउने छौं । तर फेरी रणभुमिमा अब कहिल्यै नफर्कने गरी आउने छौं । कहिल्यै नझुक्ने अदम्य शाहस बोकोर आउने छौं । बिचमा आइपर्ने बाधा र अबरोधहरुलाई टाउदै , हर प्रकारका प्रतिगामी र पुर्नरुथानवादी षडयन्त्रहरुलाई चकनाचुर पार्दै , लोकतान्त्रीक गणतन्त्रका ेपूर्णता सँगौ , कहिल्यै नअस्ताउने त्यो प्रभाती किरण लिएर आउने छौं । “ नयाँ जनवादी गणतन्त्र ” सँगै उन्मुक्तिको हाँसो लिएर आउने छौं । प्रतिक्ष गर्नुहोला अब छिट्टै आउने छौं । हवस्त आमा आजलाई विदा चाहन्छु । सगरमाथाको काखबाट उही तपाईको प्यारो छोरा बिबश डि.सि. १७ कार्तिक २०६३




