गाउँघरका आवाज

देशभर आज नाग पंचमी पर्व श्रद्धापूर्वक मनाइँदै

सिन्धुली, साउन १३
हिन्दू धर्मावलम्बीहरूले आज देशभर नाग पंचमी पर्व श्रद्धा, भक्ति र परम्परागत विधिअनुसार मनाइरहेका छन्। विशेष गरी घरको मूलढोका, तुलसीको मठ, कुवा, इनार तथा नागको वासस्थानमा नागदेवताको पूजा गरिन्छ।

पौराणिक विश्वास अनुसार आजकै दिन महाभारतकालमा जनमेजयले सर्प यज्ञ गरि नागहरूको विनाश गर्ने प्रयास गर्दा आस्तिक ऋषिको प्रयत्नले नागहरूको रक्षा भएको मानिन्छ। त्यसैले नागहरूको पूजा गरी उनीहरूलाई प्रसन्न तुल्याउने परम्परा रहिआएको छ।

नागलाई वर्षा, समृद्धि, र प्रकृतिको संरक्षणसँग जोडिएको प्रतीकका रूपमा लिइन्छ। यस अवसरमा दूध, दुबो, अक्षता, फूल र लावा चढाइने चलन छ। राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा नाग मन्दिरहरूमा दर्शनार्थीको भीड लागेको छ।

काठमाडौंको नागपोखरी, टेकु, सर्पगंगा लगायतका स्थानहरूमा विशेष पूजाआजा तथा दर्शनको व्यवस्था गरिएको छ। पशुपति क्षेत्रमा पनि श्रद्धालुहरूको उल्लेख्य उपस्थिति रहेको छ।

यस पर्वले जीव र प्रकृतिसँगको सहअस्तित्वको सन्देश दिएको धार्मिक विश्वास रहेको छ। नाग पंचमीलाई पर्यावरण र जलस्रोतको संरक्षणसँग समेत जोडेर हेर्ने परिपाटी पछिल्लो समय बढ्दो छ।

Related Articles

Leave a Reply

Back to top button