गाउँघरका आवाज

सिन्धुलीमा पहिलोपटक बगैचामै जुनार मेला, कृषक र पर्यटक दुवै मोहित

सिन्धुली २३— सिन्धुलीको सुन्दर जुनार बगैचाले यस वर्ष अनौठो र मनमोहक दृश्य देखायो। पहिलोपटक बगैचामै आयोजना गरिएको जुनार मेलाले स्थानीयवासी, कृषक र पाहुनालाई एकैसाथ आकर्षित गर्यो। हरियाली बोटको बीचबाट फैलिएको सुनौलो रंग र जुनारको सुगन्धले मेलालाई झनै जादूमय बनायो। गोलञ्जोर गाउँपालीकाले यस्तो आयोजना मंसिर २३ गते देखि २५ गते सम्म संञ्चालन हुने गरि आयोजना गरेको छ । जुनारको खानी भनेर चिनिने गोलञ्जोरको तिनकन्यामा यो मेलाको आयोजना भएको हो । महाभारतको लेख आफैमा सुन्दर र रमणीय रहेको छ ।

मेलामा सहभागी कृषकले यस वर्ष जुनार उत्पादनबाट मात्रै करिब ३४ करोड १९ लाख ९० हजार रुपैयाँ बराबरको आम्दानी भएको जानकारी साझा गरे। अहिले गाउँपालिकाभित्र २७५० भन्दा बढी कृषक परिवार जुनार खेतीमा संलग्न छन्।

कृषकहरूको साझा आवाज थियो—
“जुनार खेतीलाई कृषिमात्र होइन, रोजगारी, पर्यटन र उद्योगसँग जोडेर दीर्घकालीन पहिचान बनाउनुपर्छ।”

मेलामा स्थानीय उत्पादन, कृषि प्रविधि, घरमै बनेका परिकार, र परम्परागत संस्कृति झल्किने कार्यक्रमहरूले सबैको मन जित्यो। बगैचाको बीचमा सुनौलो जुनार टिप्दै, स्वाद चाख्दै घुमफिर गर्ने अवसरले पर्यटक पनि मोहित भए।

स्थानीयवासीको विश्वास छ कि यस मेलाले सिन्धुलीको जुनारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्त्वपूर्ण कदम चालिदिएको छ।
एक सहभागीले भने—“यो मेला केवल व्यापार होइन, हाम्रो गर्व र पहिचानको उत्सव हो।”

बगैचामै सुरु भएकाले मेला किसान नजिकै पुगेको छ, र यही नजिकताले कृषकको मनोबल झन् उच्च भएको अनुभूति सबैले गरे।

Related Articles

Leave a Reply

Back to top button