सबै

सिन्धुलीमा दुई जना अज्ञात व्यक्तिको शव फेलासिन्धुली, असोज २० —

सिन्धुलीमा दुई फरक स्थानमा अज्ञात व्यक्तिहरूको शव फेला परेको छ।

हरिहरपुरगढी गाउँपालिका–२ चौरीटोलस्थित बागमती खोलाको किनारमा करिब ३५–४० वर्षको पुरुष शव घोप्टो अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। शवलाई मुचुल्का उठाई जिल्ला अस्पताल सिन्धुली पठाइएको छ।

त्यस्तै, गोलन्जोर गाउँपालिका–३ करमबोटमा सुनकोशी नदी किनारमा करिब ४०–४५ वर्षकी महिलाको शव सडेको अवस्थामा भेटिएको हो। संयुक्त प्रहरी टोलीले शव नदीबाट निकाली पहिचान तथा अनुसन्धान कार्य अघि बढाएको जनाएको छ।

Related Articles

Leave a Reply

Back to top button