गाउँघरका आवाजसबै

सिन्धुलीमा लेखा समूहद्वारा खुला ब्याडमिन्टन प्रतियोगिता भव्य रूपमा सम्पन्न

सिन्धुली, कार्तिक १
सिन्धुलीको कबडहल शनिबार खेलप्रेमी र ब्याडमिन्टन उत्साहीहरूले भरिएको थियो। लेखा समूह सिन्धुलीद्वारा आयोजना गरिएको निजामती कर्मचारी खुला ब्याडमिन्टन प्रतियोगिता–२०८२ उत्साह, प्रतिस्पर्धा र खेलमैत्री भावनाले झनकिँदै सम्पन्न भएको छ।

रोमाञ्चक मेन्स डबल्स खुला श्रेणीमा सुरेश श्रेष्ठ र ओमराज वलको जोडीले उत्कृष्ट प्रदर्शन गर्दै पदम मगर र जयप्रकाश चालिसेको जोडीलाई २१–१९ र २१–९ को सोझो सेटमा हराउँदै उपाधि उचाले। तृतीय स्थान सुदीप कोइराला–मनमोहन सिंह र भूषण राना–लक्ष्मेश्वर रायको जोडीले साझा गरे।

त्यस्तै, जिल्ला स्तरीय मेन्स डबल्समा लोकबहादुर राना र दुर्गा पुलामीको जोडीले शुशिल वर्मा र वैकुण्ठ कार्कीलाई २१–१२ र २१–१५ को सोझो सेटमा पराजित गर्दै विजेता बने। सविन प्रसाद न्यौपाने–शेषराज गोले र सरोज गौतम–राजकुमार खुलालको जोडीले तृतीय स्थानमा सन्तोष माने।

महिला तर्फ गंगा मगर र गीता श्रेष्ठको जोडी अव्वल रह्यो भने डा. यशोदा खड्का र डा. अस्मिता केसी दोस्रो स्थानमा पुग्न सफल भए। अम्बिका काफ्ले–कल्पना भण्डारी तथा स्वस्तिका विष्ट–सावित्रा पोखरेलको जोडीले तृतीय स्थान साझा गरे।

विजेताहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा आकर्षक नगद पुरस्कार प्रदान गरिएको थियो।
लेखा समूह सिन्धुलीका अध्यक्ष पदम मगरका अनुसार, खुला मेन्स डबल्स विजेताले २५ हजार रुपैयाँ, दोस्रोले १५ हजार र तेस्रोले १० हजार प्राप्त गरे।
जिल्ला स्तरीय विजेतालाई क्रमशः १५ हजार, १० हजार र ५ हजार, जबकि महिला खेलाडीहरूले ७, ५, ४, ३ र २ हजारका पुरस्कार प्राप्त गरे।

कार्यक्रमको समापनमा अध्यक्ष मगरले प्रतियोगिताले “सिन्धुलीमा खेल संस्कृतिको विकास र कर्मचारीबीच आपसी सम्बन्ध सुदृढ गर्ने अवसर सिर्जना गरेको” बताए।
लेखा समूहले आगामी वर्ष पनि अझ व्यापक स्तरमा प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ।

Related Articles

Leave a Reply

Back to top button