गाउँघरका आवाज

चाडपर्वमा शान्ति सुरक्षा कायम गर्न सिन्धुली प्रशासन सतर्क

सिन्धुली, कात्तिक १ —
आगामी चाडपर्वहरू (दशैं, तिहार, छठ) लाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले अत्यन्त जरुरी सूचना जारी गरेको छ। कार्यालयका प्रमुख जिल्ला अधिकारी दिलाराम घिमिरेद्वारा हस्ताक्षरित उक्त सूचनामा चाडपर्वका समयमा सम्भावित अपराध नियन्त्रण, शान्ति सुरक्षा र अमर्यादित गतिविधि रोकथामका लागि सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ।

सूचनामा विशेषगरी जिल्ला भित्र हुने भीडभाड, जुलुस, मेला, नाचगान, जात्रा लगायतका सार्वजनिक गतिविधि आयोजना गर्नुअघि अनिवार्य रूपमा प्रशासनको पूर्वअनुमति लिनुपर्ने भनिएको छ। यससँगै, मदिरा सेवन, जुवातास, सट्टेबाजी, आतिशबाजी, हुलदंगा, अश्लील कार्य र सामाजिक सद्भाव विगार्ने गतिविधिमा संलग्न नहुन सबैमा अनुरोध गरिएको छ।

जिल्लामा शान्ति सुरक्षा कायम राख्न सुरक्षाकर्मीहरूलाई सतर्क रहन निर्देशन दिइएको छ भने कुनै पनि असामाजिक कार्य देखिए तत्काल प्रशासन वा प्रहरीलाई खबर गर्न जनतालाई आग्रह गरिएको छ।

प्रशासनले थप जनाउँदै भनेको छ — “धार्मिक, सांस्कृतिक तथा सामाजिक उत्सवहरू सौहार्दपूर्वक मनाई सामुदायिक एकता बलियो बनाऔं।”

Related Articles

Leave a Reply

Back to top button