सिन्धुलीमा निर्माण क्षेत्र संकटमा, ‘आपतकाल’ घोषणा गर्न माग
सिन्धुली, चैत २१
इन्धनजन्य तथा निर्माण सामग्रीको मूल्यमा भइरहेको अत्यधिक वृद्धि र अभावका कारण निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै सिन्धुली निर्माण व्यवसायी संघले ‘आपतकाल’ घोषणा गर्न सरकारलाई ध्यानाकर्षण गरेको छ। संघले शनिवार जारी गरेको प्रेस विज्ञप्तिमा पछिल्लो समय डिजेल, पेट्रोल, मटितेल लगायत इन्धन सामग्रीको मूल्य पटक–पटक अप्रत्यशसित रुपमा बढ्दै गएको र यसले निर्माण उद्योगलाई ठप्प पार्ने अवस्था सिर्जना गरेको उल्लेख गरिएको छ।
विज्ञप्तिमा इन्धनसँगै बिटुमिन, सिमेन्ट, डन्डी जस्ता अत्यावश्यक निर्माण सामग्रीको मूल्यमा समेत अप्रत्याशित वृद्धि भएको छ भने बजारमा अभावसमेत देखिएको छ। यसले निर्माण कार्य प्रभावित भई समयमै सम्पन्न हुन नसक्ने अवस्था आएको संघको भनाइ छ। साथै, देशका विभिन्न स्थानमा क्रसर उद्योगसँग सम्बन्धित समस्या पनि थपिँदा निर्माण क्षेत्र थप संकटग्रस्त बनेको जनाइएको छ।
संघले बारम्बार सम्बन्धित निकाय र नेपाल सरकारको ध्यानाकर्षण गराए पनि समस्या समाधानका लागि ठोस कदम चालिएको नदेखिएको गुनासो गरेको छ। राष्ट्र बैंकको मूल्य सूचकाङ्क अनुसार मुल्य घटेको र बजारमा मुल्य बढेको बताएका छ । विज्ञप्तीमा ठेक्काको मूल्य समायोजन हुने व्यवस्था भए पनि व्यवहारमा निर्माण सामग्रीको मूल्यवृद्धि प्रतिबिम्बित नभएकोले व्यवसायी थप समस्यामा परेको बताइएको छ।
यस्तो विषम परिस्थितिमा निर्माण कार्य तीव्र गतिमा सञ्चालन गर्न असम्भवजस्तै बनेको भन्दै संघले तत्काल ‘निर्माण आपतकाल’ घोषणा गरी व्यवसायीलाई राहत दिन माग गरेको छ। साथै, मूल्य समायोजनसम्बन्धी स्पष्ट निर्देशिका तुरुन्त जारी गर्न र हालसम्मका ठेक्कामा पनि उचित समायोजनको व्यवस्था गर्न सरकारसमक्ष अपिल गरिएको छ।
संघले साना तथा ठूला सबै निर्माण व्यवसायीहरू आर्थिक भारमा परेको भन्दै उनीहरूको समस्या शीघ्र समाधान गर्न सरकारसँग आग्रह गरेको छ। हाल पश्चिम एसियको असन्तुलित बातावरणले विश्वभरी नै मुल्य बृद्धि भएको छ । तर नेपालमा मुल्य धेरै बढाउने र सरकार संग सहकार्य गरेर थोरै मात्र घटाउने चलन रहेको छ । हाल पनि नेपालमा पेट्रोलको मुल्य १६२ रुपैंया थियो यसमा तत्काल मुल्य बृद्धि भई १०२ रुपैंया भयो ‚ नेपाल सरकारसंग सहकार्याबाट मुल्य समायोजन गरेर रु.१८२ रुपैया भयो । हाल नेपाल सरकारले भञ्सार कर मा छुट गरेको छ । मुल्यमा कुनै मितव्यायीता भएको छैन । नेपाली बजारमा आधा ग्यासको सिलिण्डर भनेको सिलिण्डर आधा नभएको ग्राहक मानुभावहरु बताउँछन् । चुहावट काहाँ भएको हो पत्तो छैन । ग्यास जोखेर किन्न खोज्दा व्यापारीले जोख्न दिदैनन् । यसरी नेपाली बजारमा ग्राहक सबै तिरबाट मारमा परेको दुखेसो कमलामाई नगरपालिका वासी एक होटल व्यवसायी समेत बताउछन् ।



