अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपालमा

अन्तर्राष्ट्रिय श्रमिक दिवस हरेक वर्ष मे १ (May 1) मा संसारभरि मनाइने एक महत्वपूर्ण दिवस हो, जसले श्रमिकहरूको अधिकार, योगदान र संघर्षलाई सम्मान प्रकट गर्छ। यसलाई मे दिवस पनि
अन्तर्राष्ट्रिय श्रमिक दिवसको सुरुवात सन् १८८६ मा अमेरिकाको शिकागो शहरमा भएको हय मार्केट आन्दोलन बाट भएको मानिन्छ। सो आन्दोलनमा श्रमिकहरूले ८ घण्टा काम, ८ घण्टा विश्राम र ८ घण्टा व्यक्तिगत जीवनको माग गरेका थिए। आन्दोलनको क्रममा प्रहरीद्वारा गरिएको दमन र त्यसपछि भएका घटनाले विश्व श्रमिक आन्दोलनमा गहिरो प्रभाव पारेको थियो।
यस घटनाको स्मृतिमा १८८९ मा पेरिसमा भएको द्वितीय अन्तर्राष्ट्रिय मजदुर सम्मेलन मा मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको रूपमा मनाउने निर्णय गरियो।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको मुख्य उद्देश्य श्रमिकहरूको अधिकारको संरक्षण, सामाजिक न्यायको प्रवर्द्धन, श्रमको मूल्य र गरिमाको सम्मान गर्नु हो। यस दिन विभिन्न देशहरूमा सार्वजनिक बिदा दिइन्छ र मजदुर संगठनहरूद्वारा ¥याली, सभाहरू, सांस्कृतिक कार्यक्रमहरू आदि आयोजना गरिन्छन्।
नेपालमा पनि अन्तर्राष्ट्रिय श्रमिक दिवस हर्षोल्लासका साथ मनाइन्छ। नेपाल सरकारले यस दिन सार्वजनिक बिदा घोषणा गरेको हुन्छ। मजदुर संगठनहरू, ट्रेड युनियनहरू र सामाजिक संघ–संस्थाहरूले ¥याली तथा विविध कार्यक्रमहरूको आयोजना गरेर श्रमिकहरूको हक–अधिकारको बारेमा जनचेतना फैलाउने प्रयास गर्छन्।
श्रमिक दिवस कुनै मात्र उत्सव नभई श्रमिकहरूका संघर्ष, योगदान र अधिकारको प्रतीक हो। यसले हामीलाई सबै प्रकारका श्रमप्रति सम्मान गर्न सिकाउँछ र समाजमा समता र न्याय सुनिश्चित गर्ने प्रेरणा दिन्छ।