Uncategorized

हरिहरपुर गाउँपालिकाको अनुरोध

जथाभावि फोहोर नफालौं, गाउँ सफा र सुन्दर राखौं, भ्रमण बर्षलाई सफल बनाऔं ।
सडक अबरोध हुने गरी निर्माण सामाग्री नराखौं ।
नालामा अनावश्यक फोहोर नफालौं, नालालाई बन्द हुन नदिउँ ।
पाल्तु कुकुरहरु सडकमा नछाडौं, घरमा नै बन्धनमा राखी रेबिज विरुद्धको खोल लगाऔं ।
गर्भवती महिलाले नियमित रुपमा स्वास्थ्य संस्थामा गई आफ्नो स्वास्थ्य परिक्षण गराऔं ।
गर्भवति महिला तथा नवजात शिशुलाई समयमा नै खोप लगाई विभिन्न् रोग लाग्नबाट जोगाऔं ।
गाउँपालिकालाई बुझाउनुपर्ने कर, दस्तुर, शुल्क समयमै बुझाई गाउँपालिकालाई सहयोग गरौं ।
सडक चोकमा होर्डिङ्गबोर्ड, साईनबोर्ड, ब्यानर राख्दा गाउँपालिकासँग पुर्व स्वीकृत लिएर मात्र राखौं ।
उद्योग ब्यवसाय सञ्चालन गर्दा गाउँपालिकाबाट सिफारिस लिएर मात्र गरौं ।
ब्यवसाय सञ्चालन भएपछि गाउँपालिकामा आफ्नो ब्यवसाय दर्ता गरी प्रमाणपत्र लिऔं ।
अखाद्य, मिसावटयुक्त खाद्य सामाग्रीहरुको विक्रि बितरण तथा प्रयोग नगरौं ।
जन्म, मृत्यू, बसाई सराई, विवाह, सम्बन्ध विच्छेद जस्ता घटना घटेको ३५ दिन भित्रमा नै दर्ता गरौं ।
छतको पानी सडकमा सोझै नझारौं ।
सडक अधिकार क्षेत्रको लागी छोडिएको जग्गामा सेप्टीट्याङकी लगायत कुनै पनि संरचना निर्माण नगरौं ।
गाउँक्षेत्र भित्र जग्गा प्लानिङ गर्दा गाउँपालिकाको पुर्व स्वीकृती लिऔं ।
घरनक्सा पास गरी इजाजत पत्र लिएर मात्र निर्माण कार्य गरौं ।
प्रत्येक आर्थिक वर्षको पौष मसान्त भित्र सम्पती कर बुझाएर १० प्रतिशत रकम छुट लिऔं ।

हरिहरपुरगढी गाऊँपालिकाको कार्यालय झनझने ,

सिन्धुली

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button