कला / साहित्य

नारी दिवसको शुभकाना

उठ उठ जुट जाग जाग ए नारी हो

नारी भनि हेप्ने सङ्कीर्ण बानी हो

चल अचल सम्पत्ति लेनदेन दाइजो प्रथा

दबाब दिई कुटपिट गर्ने हुन् घरेलु हिंसा

तालि बझ्दैन भएको त्यो एउटा हातले

देश विकास हुने नारी पुरुषको साथले

आजका बाबु नानी भोलिका कर्णधार

बालबालिका नै देश विकासका आधार

राम्रो नाना लाउन देउ खान युक्त पोषण

नगर्नु कसैले तिनलाई हिंसा अनि शोषण

नजानि नजानि फसेका छन् कुलतमा

बाडा माझ्छन् बाबुनानी होटल डेडामा

बालबालिका त भविष्यका निर्माता हुन् अरे

यिनलाई शिक्षित बनाए देशले सेवा पाउछ रे

अधिकारको उपयोग गरी गरौँ कर्तव्यको पालना

११६ औं अन्तर्राष्ट्रिय महिला दिवसको शुभकाना

Related Articles

Leave a Reply

Check Also
Close
Back to top button