ताजा समाचार

सिन्धुलीमा प्राथमिक तहमा थपिए २ सय ५७ नयाँ शिक्षक

सिन्धुली– शिक्षक सेवा आयोग प्राथामिक तहको खुल्ला प्रतियोगितात्मक परीक्षा–२०८० मा सहभागी भई सफल भएर सेवा प्रवेश गरेका शिक्षकहरुलाई शिक्षा विकास तथा समन्यव इकाई सिन्धुलीले सोमबार एक समारोह बीच नियुक्ति पत्र प्रदान गर्दै स्थानीय तहमा पठाएको छ । 

सिन्धुलीमा प्राथमिक तहमा थपिए २ सय ५७ नयाँ शिक्षक
सिन्धुलीमा प्राथमिक तहमा

सिन्धुली कार्यक्षेत्र बनाएर सेवा प्रवेश गरेका २ सय ५७ जना शिक्षहरुलाई नियुक्ति प्रत्र प्रदान गर्दै सपथ ग्रहण समेत गराइएको छ । शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख निर्मल कुमार घिमिरेले नव नियुक्त शिक्षहरुलाई सपथ ग्रहण गराउनु भएको हो ।

कार्यक्रमको अवसरमा प्रमुख अतिथी जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाले अहिलेको परिबेशमा सामुदायिक बिद्यालयमा अभिभावको बिश्वास घट्दै गएकाले नव नियुक्त शिक्षकहरुले गुणस्तरिय शिक्षा प्रदान गर्दै विश्वसनिय बनाउनुपर्ने जिम्मेवारी रहेको बताउनुभएको छ । निर्धक्क भएर बिद्यार्थीलाई गुणस्तरिय शिक्षा प्रदान गर्न आग्रह गर्दै शिक्षकहरुलाई परेका जुनसुकै समस्यामा जिल्ला समन्वय समिति सिन्धुलीले समन्वय गरि समाधान गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्की, प्रमुख जिल्ला अधिकारी भरत खनाल, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष डा.हरि पोखरेल, नेपाल शिक्षक संघका अध्यक्ष अरुण कुमार थिङ्ग, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष सन्तोष श्रेष्ठ, नेपाल प्रगतिशिल शिक्षक संगठनका जिल्ला अध्यक्ष धुब्र निशान पहाडी, नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरे लगायतले नयाँ उत्साहका साथ कार्यक्षेत्रमा खटिएका शिक्षकहरुलाई शुभकामना ब्यक्त गर्नुभएको थियो । 

सिन्धुलीमा आएका २५७ जना शिक्षकहरु मध्ये पालिकामा रिक्त रहेको प्राथामिक शिक्षक दरबन्दी अनुसार शिक्षा समन्यव इकाई सिन्धुलीले कमलामाई नगरपालिकामा २० जना, दुधौली नगरपालिकामा ५२ जना, तिनपाटन गाउँपालिकामा ३३ जना, मरिण गाउँपालिकामा २८ जना, फिक्कल गाउँपालिकामा ३६ जना, सुनकोशी गाउँपालिकामा २४ जना, हरिहरपुरगढी गाउँपालिकामा ४२ जना, गोलन्जोर गाउँपालिकामा १९ जना र घ्याङलेख गाउँपालिकामा ३ जना नयाँ शिक्षकहरुलाई पठाएको छ । 

नब प्रवेशी शिक्षकहरु मध्ये सिन्धुली जिल्ला स्थायी ठेगाना भएका ६८ जना शिक्षकहरु रहेका छन भने बाँकी १८९ जना शिक्षकहरु बाहिर जिल्लाका रहेका छन । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button