खाने पानीको अभावले दैनिक उपभोगमा समस्या
देशका विभिन्न ठाउँमा खानेपानीको चरम अभाव भएको छ । सुख्खायाम भएको र दिन दिनै पानीको मुहान सुक्दै गएकोले देशै भरीका विभिन्न स्थानमा पानीको समस्या भएको छ।रामेछाप सिन्धुलीमा पनि यो अभावले झेलेको छ । रामेछापको चिसापनी डुम्रीखर्का बेतीनी सिन्धुलीका अधिकांश भागमा पानीको अभाव खेप्नु परेको दुखेसो स्थानीय वासीहरु सुनाउछन् । उनीहरु भन्छन् – पानीको धनी राष्ट्रको उपनामले चिनिने नेपाल, पानीको व्यवस्थापन नभएको कारणले देशको पहिचानै संकटमा पारेको छ ।
नेपालको संविधानको धारा ३५ को स्वास्थ्यसम्बन्धी हकमा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाई पहुँचको हक हुनेछ भनी स्पष्ट लेखिएको तर कानुनको यस बुँदालाई जीवन्त वनाउने कार्यानीति नभएको र आकाशबाट पानी नपर्नु , जङ्गलमा डढेलो लाग्नु , जङ्गलमा वृक्षा रोपण नगर्नु ,चरम रुपले जङ्गल फडानी गर्नु , जङ्गलक बिच बिच भागमा मसिनले बाटो खनिनु ,बेला बेलाको भुकम्पनले जमिन हल्लाउनु पानीको अभावको कारण भएको मानिसहरु वताउँछन्। देशका विभिन्न अधिकांश भागमा प्राय चैत बैशाष जेठ महिनामा डढेलो लाग्ने गरेको छ चैत्र महिनाको दोश्रो हप्ताबाट तिब्ररुपमा लगेको डढैलो देशको विभिन्न भागमा अझै जङ्गगल डढीरहेको छ ।
वनमा बृक्षा रोपण भएको छैन । भएका विरुवा आगोले खानु बृक्षा रोपण नगर्नु वनको बिच बिचबाट पहिरो जाने खालका कार्य बाटो खान्नु जस्ता कार्य गरिनु खोला पाखाको उत्खनन् गरिनु जस्ता आदी कार्याले पानी शुख्खा लागेको छ । आज भोली गाउँ शहर जता पनी पानीको हाहाकार मात्र सुनिन थालेको छ । पानीको अभावका करण जनजीवन मा दैनीकी उपभोगमा समस्या भएको छ ।
आज भोली खोला सुकेका छन् । खोल्सा सुकेका छन् । सुकेका खोला खोल्सामा सुख्खा पाइपका चाङ्ग देखीन्छन् । अनि मान्छेको भिड हुन्छन् । खानेपानीको त एकाद महिना बाहेक जहिले समस्या र बेवधान बेहोर्नु परेको छ हिउँदमा अभाव र वर्षामा धमिलो पानी खानु पर्ने वाध्याता वेहोर्नु पर्छ । सरोकारवाला पक्षले यि विषयमा नियाल्दा केही सुधार आउँथ्यो होला