इलाम र बझाङको उप निर्वाचन २ दिन बाँकी

इलाम क्षेत्र नं. २ र बझाङ क्षेत्र नं.१ मा उपनिर्वाचनको मौन अवधी लागु भएको छ । उप निर्वाचनको दिन आउन ३ दिन बाँकी भए पछी चुनावको दिनलाई मर्यादित बनाउनुको लागी निर्वाचन आयोगले चुनाव हुनु भन्दा ४८ घण्टा अघिको राति १२ बजेबाट मौनता अवधी लागु गर्ने गर्दछ ।
मौन अवधीमा भोट माग्न चुनावी प्रचार गर्न पोष्टर टाँस्ने ग्रुपमा हिड्न र चुनावी अभियान सञ्चालन गर्न पाइदैन । इलामको निर्वाचन कार्यालयका अनुसार इलाम क्षेत्र नं. २ मा मौनता अवधी पुर्णरुपमा लागु भएको र लागु गरी सहयोग पुर्याउन राजनितिक दलहरुलाई अनुरोध गर्नु भएको बताउनु भएको छ ।

इलाम क्षेत्र नं. २ का सांसद तथा संविधानसभा अध्यक्ष प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको २०८० साल भदौ २६ गते मृत्यु भएको थियो । उहाँको मृत्यु भए पछि त्यस क्षेत्रको सांसद पद रिक्त भएकोले र खाली क्षेत्रमा सांसद पदको जन प्रतिनिधी चुन्नु पर्ने हुनाले निर्वाचन आयोगले यही बैशाष १५ गते उप निर्चानको मिती तोकेपछी चुनावी मावल उप चुनाव हुन तीन दिन बाँकी भए पछी आजबाट मौनता छाएको हो ।

यस क्षेत्रका लागी उप निर्वाचनमा उमेदार नेपाली काँग्रेश पार्टीबाट प्रभावशाली नेता डम्बर खड्का र एमाले पार्टीबाट सुवास नेम्वाङको छोरा सुहाङ नेम्वाङ र रास्वपाबाट मिलन लिम्बु रहेका छन् ।
यसरी इलाम क्षेत्र नं.२ मा उप निर्वाचनले माहोल बनाउँदै गर्दा सामाजी अभियन्ता दुर्ग प्रसाइले भने सोही क्षेत्रमा चनावी बहिस्कारको अर्को अभियान चलाइरहेका छन् । राष्ट्रिय धर्म र सस्कृती जोगाउ अभियान्ता अगुवा दुर्गा पर्साइले अब चुनावको काम छैन नेता सवै फटाहा र लुटाहा हुन् यिनले देश बेचेर जनतामा भोकमारी लगाएर राष्ट्रको ढिकुटी तैनाथ गरेर अरवौं सम्पती विदेशमा थन्क्याएका छन् यहाँ जनता दिन दिनै भोकै मर्ने दिन आउँदै छ । यी नालाएक भए अव चुनाव बहिस्कार गर्नु पर्छ भन्दै अभियान उप निर्वाचन अविधी भरी चलाइ रहेका छन्