ताजा समाचार

असोज १६ बाट वर्षा हुने मौसम विज्ञको पुर्वअनुमान

    असोज १६ गते बुधबार बाट केही दिन वर्षा हुने सम्भावना रहेको छ ।  आउदो बुधारबाट फेरी पानीको पर्न सक्ने सम्भावना रहेको  मौसम विज्ञान विभागको जानकारी गराएका हो । विभागको अनुसार बुधबार कोशी प्रदेशका केही स्थानहरू, मधेश,क बागमती र गण्डकी प्रदेशकामा हल्कादेखि मध्यम वर्षाको हुन सक्ने बताएका छन् ।

कोशी प्रदेशका केही स्थानमाका भारी वर्षाको समेतको सम्भावना रहेको छ । त्रिभुवन विश्वविद्यालयका मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार बुधबारदेखि केही दिन सम्म  गण्डकी- कोशी प्रदेशमा दिउँसोबाट वर्षा हुने जनाएका छन् । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लामा भने वर्षाको सम्भावना नभएको बताएका छन् ।

असोज ११ र १२ गते परेको पानीको  वर्षाले देशभरी जनधनको ठूलो क्षति गरेको छ । अहिले अत्यधिक वर्षा गराउने बादल कोशी, बागमती र गण्डकी प्रदेशमा केन्द्रित थियो । अहिले यो प्रणाली कमजोर हुँदै पूर्वतिर सरिरहेको भनाई विज्ञको रहेको  छ ।

त्यसैले काठमाडौं उपत्यकासहित पश्चिमी भूभागमा अहिले घाम लागिरहेको छ । आज (सोमबार) दिउँसोसम्म घाम लागे पनि अपराह्नपछि भने आंशिक बादल लाग्ने र सामान्य पानी परेको छ । मंगलबार अपराह्नदेखि कोशी प्रदेश लगायतका पूर्वी भूभागका जिल्लाहरुमा बादल लागेर हल्का वर्षाको हुने मौसम विज्ञले जानकारी गराएको छन् । मौसम विज्ञान विभागले मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने बताएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button