ताजा समाचार

वर्षाले दशैंको हर्ष उल्लसलाई महंगी र शोकमा बदल्यो

नेपालको प्रमुख चाड दशैं नजिकिँदै गर्दा देशभरमा फैलिएको उमंग र उल्लासलाई वर्षाले शोकमा परिणत गरिदिएको छ। निरन्तर परेको मुसलधारे पानीले देशका विभिन्न स्थानहरूमा बाढी र पहिरोले ठूलो जनधनको क्षति भएको छ। कोही घरबारविहीन भएका छन् भने कतिको आफन्त गुमेका छन्। सडक, पुल, र बाटाहरू भत्किएका छन् । आवतजावत गर्न असहज भएको छ। दशैं हर्षपूर्वक मनाउने तयारीमा रहेका  नेपालीको सपनामा कठिन , महंगी र दुखदमय भएको छ।

नेपालमा असोज ११ र १२ गते परेको भिषण पानीले  गएको बाढी पहिरोले उत्पन्न गरेको विपद्ले करिव ३०० जनाको मानिसको ज्यान लिएको छ। विपद्ले ६५ जना मानिस व्यपत्ता भएका छन् । काठमाडौं ,ललितपुर, सिन्धुली ,रामेछाप,धादिङ्ग ,सिन्धुपाल्चोक र मकवानपुर लगएत धेरै ठाउँ प्रभावित भएको छ । कतिपय घरपरिवारलाई आफूले गुमाएका आफन्तहरूको अन्तिम संस्कार गर्ने समेत उचित वातावरण छैन । यो त्रासदीले गर्दा दशैंको खुसी शोकमा परिणत भएको छ। जसका कारण, दशैंको रौनक यसपटक धेरैका लागि शोक बनेको

नियमित रूपमा दशैं मनाउन आफन्त र परिवारलाई भेट्न ठूलो उत्साहका साथ शहरहरूबाट गाउँ फर्किने नेपालीका लागि यस वर्षको दशैं निकै कठिनाइपूर्ण देखिएको छ। धेरै ठाउँमा बाटो भत्किएको र यातायात सेवा अवरुद्ध भएको कारणले गर्दा धेरै मानिस गाउँसम्म पुग्न सकिरहेका छैनन्। केहीले जोखिम मोलेर यात्रा गरेका छन् भने धेरैले घर फर्कने आशा गुमाउँदै दशैं मनाउन नपाइने चिन्ता लिएका छन्। घर फर्किन नसक्ने अवस्था र ज्यानको जोखिमले गर्दा दशैंको रौनक घटेको छ।

यस वर्षको दशैंले अझ अर्को चुनौती पनि थपेको छ, त्यो हो चर्को महंगी । बाढी पहिरोले यातायात सेवा अवरुद्ध गरेपछि बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ। खाद्यान्न, लत्ताकपडा, यातायात, र अन्य सामग्रीको मूल्यवृद्धिले गर्दा सर्वसाधारणले दशैंको खर्च धान्न कठिनाइ भोगिरहेका छन्। खाद्य पदार्थदेखि लिएर मासु, तरकारी, चामल, तेलजस्ता अत्यावश्यक वस्तुहरूको मूल्यमा वृद्धि हुने संकेत देखिएको छ।

खासगरी निम्न आय भएका वर्गहरूका लागि महंगीको प्रभावले दशैं मनाउन थप चुनौती थपेको छ। महंगीको कारण धेरैले यसपाली सामान्य रूपमा मात्रै दशैं मनाउने बाध्य छन् भने कतिपयले परम्परागत रूपमा मनाउन असमर्थ हुने बताएका छन्। बाढी पहिरोले जनधनको क्षति गराएका परिवारहरूलाई सरकारले तत्कालीन राहतको व्यवस्था गर्ने भनिएपनि प्राप्त भएको  छैन। सरकारी स्तरबाट राहत र पुनर्स्थापनाको पहल भइरहेको भए तापनि त्यसको प्रभावकारिता र दिगोपनामा प्रश्नचिन्ह खडा भएको छ।

देशव्यापी रूपमा देखिएको यो आपतकालीन अवस्थाले गर्दा यसपटकको दशैं महंगी र कठिनाईको दशैं गर्दा यो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button