ताजा समाचार

दुधौली नगरपालिकाकाले प्रस विज्ञप्ती

दुधौली नगरपालिकाकाले हालै सामाजिक सञ्जालमा नगरपालिकाका  प्रमुख बारे गरिएका भ्रामक र आधारहीन प्रचारप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै माघ १४ गते एक विज्ञप्ति जारी गरेको छ। उक्त विज्ञप्तिमा गाउँपालिकाले सामाजिक सञ्जालमा फैलाइएका गलत सूचनाहरूलाई पूर्ण रूपमा असत्य र तथ्यहीन भएको उल्लेख गर्दै यस्ता भ्रामक प्रचारप्रति भ्रममा नपर्न आम जनसमुदायलाई अनुरोध गरेको छ।

This image has an empty alt attribute; its file name is dudhauli-photo-scaled-1.jpg

नगरपालिकाका नगर प्रमुख ले आफ्नो कार्यकालमा कुनै पनि अवैधानिक वा अनैतिक र अनियमित गतिविधि नगरेको नभएको स्पष्ट पार्दै, नियोजित रूपमा गलत सूचना फैलाएर संस्थाको छवि बिगार्ने प्रयास भइरहेको बताए। उनले यस प्रकारको दुष्प्रचारबाट सतर्क रहन तथा कुनै पनि सूचना पाउने बित्तिकै यसको सत्यता पुष्टि गरेर मात्र विश्वास गर्न आग्रह गरे।

दुधौली नगरपालिकाको नगर प्रमुख दिनेश अधिकार हुनुहुन्छ ।

साथै, सामाजिक सञ्जालको जिम्मेवारी पुर्ण प्रयोग गर्न अनुरोध गर्दै गलत सूचना फैलाउने कार्यलाई निरुत्साहित गर्न सबै पक्षलाई सहयोग गर्न आह्वान गरेको छ। अफवाह तथा झुटा प्रचार–प्रसारले समाजमा अन्यौलता सिर्जना गर्ने भएकाले यस्ता कार्य गर्नेलाई कानुनी कारबाही हुने चेतावनी पनि दिइएको छ।

सही सत्य र सकारात्मक सूचना तथा संचार प्रविधिको सकारात्मक प्रयोग गरी समाजमा सही सन्देश प्रवाह गर्न अनुरोध गर्दै, सत्यतथ्य प्रमाणित नगरिकन कुनै पनि गलत सूचना नफैलाउन आग्रह गरेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button