ताजा समाचार

गोलाञ्जोर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ भव्य रूपमा उद्घाटन

सिन्धुली, माघ १७ – गोलाञ्जोर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ भव्य रूपमा उद्घाटन गरिएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुदू भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स लगायत विभिन्न खेलहरू समावेश गरिएका छ ।
गोलाञ्जोर गाउँपालिका खेलकुद समितिको आयोजनामा ग्वलटारमा सम्पन्न उद्घाटन समारोह खेलकुद समितिका अध्यक्ष रञ्जित देवकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शंकर बराल रहेका थिए भने उपाध्यक्ष ज्वला प्रसाद न्यौपाने विशेष अतिथिका रूपमा उपस्थित थिए ।
कार्यक्रममा प्रशासकीय अधिकृत चन्द्रकान्त चौधरी, वडा अध्यक्षहरू सोम प्रसाद बराल, धौलत कार्की, कृष्ण पोखरेल, अर्जुन भुजेल, गोविन्द लुंगेली, रेगन राज थापा, विभिन्न राजनीतिक दलका प्रमुख, निवर्तमान जनप्रतिनिधिहरू, माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालय शिक्षकहरु, रेडक्रसकर्मी, खेलाडी, युवा तथा विद्यार्थी गरी करिब २५० जनाको सहभागिता रहेको थियो।
प्रतियोगिता उद्घाटनसँगै खेल मैदानमा खेलाडीहरूको जोश र दर्शकहरूको उत्साह उत्कर्षमा पुगेको थिए । खेलाडीहरू आफ्नो उत्कृष्ट प्रदर्शन गर्न प्रतिबद्ध देखिन्थे भने स्थानीय बासिन्दा, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले खेलाडीहरूलाई हौसला प्रदान गरिरहेका थिए।
गोलाञ्जोर गाउँपालिकाका खेलाडीहरू विगतका वर्षहरूमा जिल्ला ष्ट्रस्तरका विभिन्न प्रतियोगितामा आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। यस प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई थप अवसर प्रदान गर्ने विश्वास गरिएको छ।
गोलाञ्जोर गाउँपालिकाले खेलकुदको प्रवर्द्धन, खेलाडीको प्रतिभा उजागर तथा युवा पुस्तालाई खेलप्रति आकर्षित गर्ने उद्देश्य राखेर प्रत्येक वर्ष खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको छ । यस वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले गाउँपालिकाभित्र स्वस्थ प्रतिस्पर्धा, अनुशासन र खेल प्रतिको भावना अभिवृद्धि गर्ने लक्ष्य राखेको छ ।
गाउँपालिकाका अध्यक्ष शंकर बरालले उद्घाटन मन्तव्य दिँदै खेलकुद क्षेत्रको विकासमा गाउँपालिकाले निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ूखेलकुदले युवाहरूलाई अनुशासित, स्वस्थ्य र प्रतिस्पर्धी बनाउँछ। हामी गोलाञ्जोर गाउँपालिकालाई खेलकुदको उत्कृष्ट गन्तव्य बनाउन प्रयासरत छौं ।
उपाध्यक्ष ज्वला प्रसाद न्यौपानेले खेलाडीहरूलाई शुभकामना दिँदै खेलकुदको महत्वबारे चर्चा गरे। उनले भने, खेलाडीहरू राष्ट्रका गहना हुन्। खेलकुदको माध्यमबाट अनुशासन, सहकार्य र नेतृत्व क्षमताको विकास हुन्छ।
कार्यक्रमको सञ्चालन हरिकिशोर कार्कीले गरेका थिए। उनले उद्घाटन समारोहलाई व्यवस्थित र प्रभावकारी भएको जानकारी गराएका थिए ।
स्थानीय विद्यालयका विद्यार्थीहरू, शिक्षक, अभिभावक तथा समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रमले गाउँपालिकामा खेलकुदको महत्वलाई थप उजागर गरेको छ।
प्रतियोगिताको फाइनल खेल तथा समापन समारोह आगामी केही दिनभित्र सम्पन्न गरिनेछ। खेलकुदप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको यो प्रतियोगिता स्थानीय खेलकुद विकासको महत्वपूर्ण माइलस्टोन बन्ने विश्वास गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button