शिक्षकहरुको आन्दोलनले देशैभरका बालवालिकाहरु प्रभावित

सिन्धुली २७, नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २० गतेदेखि सुरु भएको आन्दोलनले देशभरका सामुदायिक विद्यालयका शिक्षकहरूलाई एकजुट पारेको छ। उनीहरूले विद्यालय शिक्षा विधेयकको शीघ्र पारितीकरण, शिक्षकहरूको पेसागत सुरक्षा, स्थायीत्व, र स्थानीय तहको मातहतमा नराख्ने लगायतका मागहरू अघि सारेका छन् ।
शिक्षकका आन्दोलनका कारण देशभरका विद्यालयहरूमा पठनपाठन ठप्प भएको छ । निजी विद्यालयमा बैशाष २ गतेबाट खोलिएको छ सामुदायिक विद्यालयका बालवालिका भने घरगाउँमा खेलेर दिन विताउन विवस छन् । बैशाष ११ गते हुने भनेको कक्षा १२ को परीक्षा २१ हुने भएको छ । यसरी परिक्षा पछाडी सरे पछी परिक्षाको नतिजा सार्वजनिक हुन पनि ढिलो हुने भएकोले कक्षा १२ का विद्यार्थी चिन्तित भएका छन् ।
एस। एल।सी। वा माध्यमिक शिक्षा परीक्षा ९एसईई० को उत्तरपुस्तिका परीक्षणमा ढिलाइ भएको छ, जसले नतिजा प्रकाश हुने ढिलो हुने आशंकाले एसईईका विद्यार्थीहरु चिन्तित छन् । शिक्षकका आन्दोलन भने गित नृत्य, भजन, जस्ता तरिकाले कलात्मक हुँदै गएको छ । कहिले प्रहरी संग मुठभेड हुने गरेको छ ।
शिक्षक महासंघले शैक्षिक हडतालको घोषणा गर्दै विद्यालयहरू बन्द गरेका छन् र शिक्षकहरूलाई काठमाडौंमा आन्दोलनमा सहभागी हुनु पर्ने र सहभागी नभएमा तलब कट्टा गरिने भनि आह्वान गरे पछि शिक्षकहरु काठमाण्डौ आन्दोलनमा जान बाध्य छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षक प्रतिनिधिहरूसँग छलफल गरेका छन्, तर वार्ता निष्कर्षविहीन भएको छ। नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले वार्ताबाट समाधान खोज्ने प्रयास गरेका छन्, तर शिक्षकहरू विधेयक पारित नभएसम्म आन्दोलन जारी राख्ने अडानमा छन् ।
सर्वोच्च अदालतले सरकारलाई तीन दिनभित्र शिक्षकहरूको जायज मागहरू सम्बोधन गरेर विद्यालयहरूमा पठनपाठन सुचारु गर्न अन्तरिम आदेश दिएको छ। शिक्षक नेताहरूले यो आदेश सरकारलाई लक्षित गरिएको भन्दै मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।
शिक्षकहरुको आन्दोलन आज २८ दिन पुरा भयो यो अझै लम्वीने आशंका छ । शिक्षकहरूको आन्दोलनले नेपालका शैक्षिक गतिविधिमा गम्भीर असर पारेको छ। सरकार र शिक्षकबीचको संवाद जारी रहे पनि समाधान अझै टुङ्गोमा पुगेको छैन। विधेयकको शीघ्र पारितीकरण र शिक्षकहरूको मागहरूको सम्बोधनले मात्र यो संकट समाधान हुन सक्छ।
