ताजा समाचार

पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमण

सिन्धुली १० , पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज, २०८२ जेठ १० गते चीनको साताव्यापी भ्रमणका लागि बेइजिङ प्रस्थान गर्दैछिन्। भ्रमण चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) र चीन सरकारको निमन्त्रणामा आयोजना गरिएको हो। भण्डारीसँगै नेकपा (एमाले) का केही वरिष्ठ नेताहरू, मन्त्रीहरू र सांसदहरू समेत भ्रमण टोलीमा सहभागी छन्।

भ्रमण टोलीमा एमाले सचिव तथा विदेश विभाग प्रमुख रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, नेतृ गोमा देवकोटा, देवी भट्टचनलगायत छन्। 

भण्डारीको भ्रमण २०८२ जेठ १० देखि १९ गतेसम्म तय गरिएको छ। उनी बेइजिङ, गान्सु प्रान्तको डुनहुवाङ, जियायुगुआन, र सिचुआन प्रान्तको छेन्दु सहरको भ्रमण गर्नेछिन्।

बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग र परराष्ट्र मन्त्रालयद्वारा आयोजित स्वागत समारोहमा सहभागी रहने छ। 

डुनहुवाङमा “सभ्यताहरूबीच आदान–प्रदान र पारस्परिक सिकाइसम्बन्धी चौथो संवाद कार्यक्रम” को उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने।

गान्सु प्रान्तमा विकास मोडलहरूको अवलोकन गर्ने र चिनियाँ वरिष्ठ नेतासँग भेटवार्ता गर्ने। 

छेन्दुमा चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग भेटवार्ता गर्ने र भ्रमण समापन गर्ने। 

यो भ्रमण औपचारिक द्विपक्षीय भ्रमण नभए पनि, नेपाल–चीन सम्बन्ध सुदृढ गर्ने र दुई देशबीचको राजनीतिक, सांस्कृतिक तथा पार्टीस्तरीय सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले आयोजना गरिएको हो। पूर्वराष्ट्रपति भण्डारीको सक्रिय राजनीतिमा पुनः संलग्न हुने संकेतका रूपमा पनि यो भ्रमणलाई हेरिएको छ। फोटो (ok online khabar )बाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button