Uncategorizedताजा समाचार

नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (गंगा नारायण समूह) बीच पार्टी समायोजन सम्पन्न

सिन्धुली .जेठ १३- नेपाली वामपन्थी आन्दोलनको इतिहासमा एक नयाँ मोड आएको छ। नेकपा (माओवादी केन्द्र) र २०७२ सालको असोज ९ गते डा. बाबुराम भट्टराईको नेतृत्वमा माओवादीबाट विभाजित भई गठन भएको नेपाल समाजवादी पार्टी (गंगा नारायण समूह बीच पार्टी समायोजन सम्पन्न भएको छ।
पार्टी समायोजनको घोषणा ललितपुरस्थित ग्वार्कोमा सोमबार आयोजित विशेष सभामार्फत गरिएको हो। सो अवसरमा नेकपा (माओवादी केन्द्र) का सह–सचिव देव गुरुङले औपचारिक रुपमा एकताको घोषणा गर्नुभयो।
नवगठित एकीकृत पार्टी, ने.क.पा.(माओवादी ) केन्द्रको मार्गदर्शन सिद्धान्तलाई मार्क्सवाद, लेनिनवाद र माओवाद मानिएको छ। पार्टीले नेपाली विशेषता अनुरूपको समाजवादी क्रान्तिको कार्यक्रमलाई अवलम्बन गर्ने नीति लिएको छ।
२०७२ साल असोज ९ गते डा. बाबुराम भट्टराईले ने.क.पा.(माओवादी ) परित्याग गरी नेपाल समाजवादी पार्टी गठन गर्नुभएको थियो। पार्टीका सह–अध्यक्ष गंगा नारायण श्रेष्ठ नेतृत्वमा रहेको समूह अहिले माओवादी (केन्द्र ) सँग एकीकृत भएको हो।
२०७९ सालको प्रदेशसभा निर्वाचनमा चुनाव पछि पार्टी एकता गर्ने तत्काल चुनावी सहमती बनाउने भनेर गंगा नारायण श्रेष्ठ सिन्धुली क्षेत्र नं. २(ख) बाट नेकपा (माओवादी केन्द्र) को चुनाव चिन्हबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए।
पार्टी समायोजनको नेतृत्व गरेका श्रेष्ठलाई ने.क.पा.(माओवादी) केन्द्रको सचिव पदमा जिम्मेवारी दिइएको छ। बाँकी समायोजन हुने सबै नेता तथा कार्यकर्ताहरूलाई सम्मानजनक संगठनात्मक जिम्मेवारीसहित कार्यविभाजन गरिने भएको छ।
श्रेष्ठ पक्षका अनुसार, २९ जना केन्द्रीय कार्यकारिणी सदस्यमध्ये १७ जना र १६० जना केन्द्रीय समिति सदस्यमध्ये ९९ जना समायोजन भएका छन्।
जसपाबाट समायोजन हुने अध्यक्ष गंगा नारायण श्रेष्ठ – सिन्धुली, अक्कल बहादुर थिङ – काभ्रे,बन्दना सुवेदी – सिन्धुली, सुरद बहादुर स्याङ्तान – सिन्धुली,राजेन्द्र कुमार किराती – संखुवासभा, खुम्बराज खत्री – उदयपुर, दुर्गादेवी भट्टराई – गोरखा,ज्ञानेन्द्र कुमाल – गोरखा,रमेश पोखरेल – गोरखा, शिवसुन्दर शाही – अछाम, रामकैलाश यादव – सर्लाही, होमकुमारी तामाङ (दोङ) – काभ्रे, सोविन थिङ – मकवानपुर, नहेन्द्र प्रधान – काठमाडौं, नरेन्द्रनाथ योगी – जुम्ला, वेदप्रसाद आचार्य – बाँके र महेन्द्र बहादुर शाही – बाजुरा केन्द्रीय कार्यकारिणी सदस्यहरू गरी ९९ जना रहेका छन् ।
यसरी विभाजित भएका पार्टीहरू पुनः एकतामा आएपछि संगठन थप बलियो हुने र समाजवादी क्रान्ति सफल हुने विश्वास व्यक्त गरिएको छ। पार्टीका कार्यकर्ता, शुभेच्छुक, शहीद परिवारलगायत सम्पूर्ण समर्थकहरूले पार्टी एकताको खबरप्रति खुशी व्यक्त गर्दै शुभकामना तथा बधाई दिएका छन्।
यसै सन्दर्भमा सिन्धुलीका एक प्रखर वामपन्थी बुद्धिजीवीले भन्नुभयो, “यदि नेकपा (माओवादी) का सबै धारहरू एक भएर सैद्धान्तिक रूपमा अविचलित बने भने जनताले पूर्ण समर्थन र सहयोग गर्ने छन्।” उहाँले जनताको बीचमा पार्टीको विश्वसनीयता पुनः स्थापित गर्न एकताको सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button