जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय सिन्धुलीको अनुरोध
यस कार्यालयको चालु आर्थिक बर्षको २०८०÷८१ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार सिन्धुली जिल्ला भर कार्यान्वयन हुने गरी बजेट बिनियोजन भई आएका संघ शसर्त तथा प्रदेश तर्फका योजनाहरु मध्ये हालसम्म पनि सम्झौता नभई कार्यान्वयनको प्रक्रिया अगाडि नबढेका योजनाहरु र सो सँग सम्बन्धीत उपभोक्ताहरुले आ–आफ्नो वडा कार्यालयको सिफारिस सहित उपभोक्ता समिति गठन गरि चैत्र मसान्त सम्म सम्झौता गर्न आउनुहुन अनुरोध छ । आर्थिक बर्षको अन्त्य तिर हुने योजना कार्यान्वयनले योजनाको गुणस्तरमा प्रश्न उठ्न गई योजना समेत दिगो नहुने भएकाले यस तर्फ सम्बद्ध सवै सरोकारवालाहरु सजग रहिदिनुहुन अनुरोध छ । साथै चैत्र मसान्त भित्र पनि सम्झौता हुन नसकेका योजनाहरुको हकमा तत्पश्चात कुनै पनि सम्झौता नहुने र सो योजनाहरु सम्बन्धीत मन्त्रालयमा फिर्ता पठाईने ब्यहोरा समेत सम्बन्धीत सबैको जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ ।
डिभिजन प्रमुख

जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय ,सिन्धुली