गाउँघरका आवाज

गोलन्जोरमा १५ शैयाको आधारभूत अस्पताल सञ्चालनका लागि सम्झौतामा हस्ताक्षर

सिन्धुली, साउन २२ – सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ मा निर्माण सम्पन्न भएको १५ शैयाको गोलन्जोर आधारभूत अस्पताल अब औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। अस्पताल सञ्चालनका लागि विहीवार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा र गोलन्जोर गाउँपालिकाबीच सम्झौतामा हस्ताक्षर भएको हो।

गोलन्जोरमा आधारभूत अस्पताल सञ्चालनका लागि सम्झौतामा हस्ताक्षर
गोलन्जोरमा आधारभूत अस्पताल सञ्चालनका लागि सम्झौतामा हस्ताक्षर

२०७८ बैशाख २१ गते शिलान्यास भएको उक्त अस्पताल भवन ६ करोड ७६ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो। निर्माणमा जर्मनीको ब्याक टु लाइफ ई.भी. र समुदाय प्रविधि विकास सेवा, सिन्धुली को सहयोग रहेको छ।

सम्झौताअनुसार प्रतिष्ठानले अस्पतालमा चिकित्सकीय सेवा, अध्ययन तथा अनुसन्धानका क्षेत्रमा प्राविधिक सहयोग प्रदान गर्नेछ। सम्झौतापत्रमा प्रतिष्ठानका उपकुलपति डा. प्रदीप ज्ञवाली र गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले हस्ताक्षर गरेका छन्।

गोलन्जोरका स्थानीयवासीले नजिकैबाट स्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा व्यक्त गरेका छन्। गाउँपालिका अध्यक्ष बरालले भने, “अस्पताल सञ्चालनमा आएपछि गाउँकै ढोका अगाडि स्वास्थ्य सुविधा उपलब्ध हुनेछ, जसले आपत्कालीन अवस्थासमेत सहज बनाउनेछ।”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button