गाउँघरका आवाज

कर्तब्य ज्यानका अभियुक्त केदार सिंह २२ बर्षपछि कारागार चलान

सिन्धुली, १८ साउन ।

२२ वर्षअघि सिन्धुलीमा भएको कर्तव्य ज्यान घटनाका फरार प्रतिवादी केदार सिंह थापालाई जिल्ला अदालत सिन्धुलीले आईतबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेकाे छ ।

सिन्धुलीकाे  साविक अरुणठाकुर गाविस–८ (हाल दुधौली नगरपालिका–१३) स्थायी ठेगाना भइ दाङको लमही नगरपालिका–९ जलकुण्डीमा लुकिछिपी बस्दै आएका थापा २०८२ साल असार २३ गते पक्राउ परेका हुन्। 

थापाले २०६० साल पुष ६ गते राति धारिलो हतियार प्रयोग गरी स्थानीय ४५ वर्षीय रत्नबहादुर कार्की र उनकी श्रीमती ४५ बर्षिय दुर्गामाया कार्कीको हत्या गरेको अभियोग लागेका उनी २२ बर्ष सम्म फरार रहेका थिए । 

घटनालगत्तै फरार रहेका थापालाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले निरन्तर अनुसन्धानपछि पक्राउ गर्न सफल भएको हाे । 

घटनासम्बन्धी थप अनुसन्धान पश्चात् अभियोगपत्र सहित अदालतमा पेश गरिएकाले हाल थापालाई सिन्धुली कारागारमा थुनामा पठाईएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button